प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित ३ वटा गाडी नियन्त्रणमा ।

२०८३-०४-०७

  • A
  • A-
  • A+
Share

सप्तारी, तिलाठी कोईलाडी गाउँपालिका-०५ स्थितबाट अवैध लागूऔषध गाँजा ३३३२ किलो ४६० ग्राम सहित बा.प्र.०१-०२५ च ०४३६ नम्बरको सेतो स्कारपियो, प्र १-०४-००१ च १५०७ नम्बर र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको सेतो पिकअप आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध ओसार पसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले हनुमाननगरबाट रामपुरमल्हनिया तर्फ जादैँ गरेको उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिने क्रममा तिन वटै सवारी साधनको चालक फरार भएको तथा सवारी साधनहरुलाई चेकजाँच गर्दा बा.प्र.०१-०२५ च ०४३६ नम्बरको सेतो स्कारपियोबाट १९ बोरा, प्र १-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको सेतो पिकअपबाट ३३ बोरा गरी जम्मा १०० बोरामा प्लाष्टिक सहित ३३६३ किलो ४६० ग्राम र प्लाष्टिक बाहेक ३३३२ किलो ४६० ग्राम लागऔषध गाँजा बरामद गरी उक्त सवारी साधन सहित लागूऔषध गाँजा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखेको तथा फरार रहेको ३ वटै सवारी साधनको चालकहरुको खोजतलास कार्य साथै आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-१६

 १.      पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ अंकुवा राम जानकी मन्दिर नजिकबाट ९६० ग्राम लागु औषध गाँजा सहित १ जनालाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने पल्टल दासको छोरा अन्दाजी वर्ष ७५ को मेघराज दास रहेका छन् । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिइएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा लुकाइ छिपाइ राखिएको उक्त परिमाण बराबरको गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बीरगंज महानगरपालिका १६ शंकराचार्य गेट स्थितबाट २ किलो ७०० ग्राम गाँजा सहित एक जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला मोतिहारी पुर्वीचम्पारण थाना तुरकौलिया ग्राम पञ्चायत शंकर सरैया वडा नं. २९ बस्ने शिवनाथ राउतको छोरा बर्ष अन्दाजी ३३ को लालटू राउत रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधनहरु चेक जाँच गर्ने क्रममा बिरगंजबाट दक्षिण मितेरी पुल तर्फ जाँदै गरेको बिरगंज महानगरपालिका-१ ह १-०३६३ नम्बरको ई-रिक्सालाई रोकी ई-रिक्सामा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ३.      बारा, जितपुर- सिमरा उपमहानगरपालिका ८ ईमलिप्रति स्थित कृष्ण फ्याक्ट्रीको अगाडीबाट १५५ किलो ६३५ ग्राम गाँजा सहित एक जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने अन्दाजी बर्ष २८ को अम्बिर डिम्डुङ रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले मकवानपुर मनहरीबाट बिरगंज तर्फ जाँदै गरेको बा १३ च ४७३४ नम्बरको कारलाई रोक्न खोज्दा उक्त कार नरोकी भागी हिंडेको हुँदा उक्त कारलाई प्रहरी टोलिले पछ्याउदै जितपुर-सिमरा उपमहानगरपालिका ८ ईमलिप्रति स्थित कृष्ण फ्याक्ट्रीको अगाडीबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१५

१.     बारा, जीतपुर सिमरा उपमहानगरपालिका २ सिमरा चौक स्थित रोयल होटेल नजिकैबाट ३ पोका लागू औषध अफिम (प्लाष्टिक सहित तौल गर्दा ३ किलो ९६ ग्राम र प्लाष्टीक वाहेक तौल गर्दा २ किलो ९७० ग्राम) सहित २ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका ३ गैडाटार (भोलुनटार) बस्ने लाल बहादुर जिम्बाको छोरा वर्ष ४३ को आईते सिंह जिम्बा र निजको श्रीमती वर्ष ४८ की रोशनी राई रहेका छन् । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बिरगंज र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलीले पैदल हिंडिरहेका निजहरुलाई शंकास्पद रुपमा फेला पारी चेक जाँच गर्दा निजहरुको साथमा रहेको झोला भित्र प्लाष्टिकले बेरी ल्याएको उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सप्तरी, सप्तकोशी नगरपालिका २ पेट्रोलपम्प स्थित कञ्चनपुर फत्तेपुर सडक खण्डबाट ९.२७५ के.जी. गाँजा  सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  कंचनरुप नगरपालिका ८ बस्ने तिरु यादवको छोरा अन्दाजी बर्ष २८ को शिव नारायण यादव, महादेवा गाउँपालिका ३ बस्ने बिलेक्षन यादवको छोरा बर्ष २३ को ललित कुमार यादव र सप्तकोशी नगरपालिका १० बस्ने पुल्कित यादवको छोरा बर्ष ४८ को उपेन्द्र यादव रहेका छन् । फत्तेपुरबाट कञ्चनपुर तर्फ जाँदै गरेको प्र ३-०२-००८प ७०४८ नम्बरको मोटरसाईकलमा अबैध सामान लिई जाँदैछ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी फत्तेपुर, अस्थाई प्रहरी पोष्ट आम्बासी, उदयपुर र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस फत्तेपुरबाट खटिएको संयुक्त चेकिङ टोलीलाई देख्नासाथ निजहरु मोटरसाइकल छाडी भाग्ने क्रममा प्रहरी टोलीद्वारा पिछा गरी गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-१४

१.      सर्लाही, कबिलासी नगरपालिक-०७ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने गुनौर रायको श्रीमती अन्दाजि बर्ष ४४ की रेखा देवीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कबिलासी सर्लाहीबाट खटिएको प्रहरी टोलिले लेनदेन मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा जिल्लाका बिभिन्न स्थानबाट ठगी तथा अपराधिक बिश्वासघात मुद्दाको फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-०४ बस्ने महेश साह सुडिको छोरा अन्दाजि बर्ष ३५ को कौशल किशोर साह र सिरहा कल्याणपुर नगरपालिका-०९ बस्ने बिरण यादवको छोरा अन्दाजि बर्ष २८ को सुरेश यादव समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१४

१.      धनुषा, जनकपुर उप-महानगरपालिका-२३ बसपार्क स्थितबाट लागूऔषध Tramadol-१४५००, NITRAZEPAM-८५०, DIAZEPAM-१४५० पिस, PROMETHOGINEZINE-९९० पिस, ज.उ.म.न.पा.१ ख ०१०८८ नम्बरको अटो सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी पिपडा गाउँपालिका-०५ सहोरबा बस्ने चन्द्र साहको छोरा अन्दाजि बर्ष ४३ को बिजय कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाईल धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषधहरु सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, सिरहा नगरपालिका-१५ माडर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.२५० ग्राम, स ६ प ३८०१ नम्बरको मोटरसाईकल सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-११ गदहवा टोल बस्ने शशिनाथ यादवको छोरा अन्दाजि वर्ष २४ को मुकेश कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।