प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा ।

२०८३-०८-११

  • A
  • A-
  • A+
Share

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०५ बरेवा टोल बस्ने बस्ने शिव नाथ प्रसाद साहको छोरा अन्दाजि बर्ष ४५ को राजु कुमार साह, लेनदेन बिगो सम्बन्धि मुद्दाको फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-१९ बस्ने छोटेलाल साह तेलिको छोरा अन्दाजि बर्ष ५५ को सोनालाल साह र ठगी तथा अपराधिक बिश्वासघात मुद्दाको फरार प्रतिवादी सर्लाही लालबन्दी नगरपालिका-०४ घर भई हाल काठमाण्डौ तारकेस्वर नगरपालिका-०३ पिप्ले बस्ने अमित पुडासैनीको श्रीमती बर्ष अन्दाजि ३२ की बिना कुमारी पन्त समेतलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सर्लाही, हरिपुर नगरपालिका-०२ नेत्रगंज स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बस्ने मान बहादुर कार्कीको श्रीमती मुद्दाको फरार प्रतिवादी अन्दाजि बर्ष ४५ कि लक्ष्मी कार्कीलाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिगो मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      महोत्तरी जिल्लाका बिभिन्न स्थानबाट कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी बलवा नगरपालिका-०७ बस्ने अशोक ठाकुरको छोरा अन्दाजि बर्ष ३४ को जितेन्द्र कुमार ठाकुर र बैंकिङ् कसुर सम्बन्धि मुद्दाको फरार प्रतिवादी जिल्ला गोरखा गोरखा नगरपालिका-०८ घर भई हाल जिल्ला महोत्तरी बर्दिबास नगरपालिका-०८ बस्ने रोमान सिं बस्नायतको छोरा अन्दाजि वर्ष ४० को साधुराम सिं बस्नायत समेतलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

४.      सिरहा, धनगढीमाई नगरपालिका-०५ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने परीक्षण यादवको छोरा अन्दाजि वर्ष ४५ को सूर्यनारायण यादवलाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा अभद्र ब्यवहार सम्बन्धि मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०८-११

१.      बारा, बिश्रामपुर गाउँपालिका-०४ बलिरामपुर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४.३० ग्राम र ना २७ प ५२३६ नम्बरको मोटरसाईकल सहित १ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-०८ गहवा टोल बस्ने रामचन्द्र महतोको छोरा अन्दाजि वर्ष ३१ को बिनय महतो रहेका छन् । प्रहरी चौकी मुसहर्वा बारा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०८-१०

१.      बारा, जितपुर सिमरा उप-महानगरपालिका-१७ रामनगर स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने केदार नाथ सापकोटाको छोरा बर्ष अन्दाजि ३६ को रेवति प्रसाद सापकोटालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बैदेशिक रोजगार सम्बन्धि मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी,  तिलाठी कोईलाडी गाउँपालिका-०७ बभनगामा टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने राम बहादुर रजकको छोरा वर्ष ३१ को मनोज कुमार रजकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी को-बरसाईन सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ठगि तथा अपराधिक बिश्वासघात कसुर सम्बन्धि मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०८-१०

१.      धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-०६ वैरीया बजार स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ०.५६ ग्राम, BR 32 AL 8017 नम्बरको मोटरसाईकल सहित १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने दिनेश यादवको छोरा अन्दाजि वर्ष १९ को सुमन कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, मिर्चैया नगरपालिका-०३ बलुवा टोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २१.०५ ग्राम र म.प्र.०-२-०१० प ३९८१ नम्बरको मोटरसाईकल सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सहिदनगर नगरपालिका-०९ बस्ने धनबिर यादवको छोरा अन्दाजि वर्ष १८ को राजनिश यादव र मिर्चैया नगरपालिका-११ बस्ने गुरु सरण साहको छोरा अन्दाजि वर्ष २० को नितेश कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध सामान सहित गाडी नियन्त्रण सम्बन्धी
२०८३-०८-०९

१.      पर्सा, बिरगंज महानगरपालिका-१७ रामगढवाबाट अन्दाजी रु. १७,७९,२००/- (सत्र लाख उनान्असी हजार दुई सय रुपैयाँ) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको कपडा लगायतको सामानहरु सहित BR05GC 5840 र BR31G 9717 नम्बरको मालवाहक २ वटा पिकअप गाडीहरु सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले उक्त ट्रक रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित पिकअप गाडीहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय बिरगंज, पर्सामा पठाइएको छ ।  

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०८-०९

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट लेनदेन विगो मुद्दाको फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-०८ बस्ने सुरेश सिंह राजपुतको छोरा अन्दाजि वर्ष २६ को कृष्ण कुमार सिंह र बैदेशिक रोजगार सम्बन्धि मुद्दाको फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-१७ रामनगर बस्ने केदार नाथ सापकोटाको छोरा अन्दाजि बर्ष ३६ को रेवती प्रसाद सापकोटा समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी जिल्लाका बिभिन्न स्थानबाट सवारी ज्यान मुद्दाको फरार प्रतिवादी राजगढ गाउँपालिका-०३ नर्घो बस्ने हरेराम मण्डल, ठगी मुद्दाको फरार प्रतिवादी राजविराज नगरपालिका-०२ बस्ने नरेन्द्र कुमार देवको छोरा आदित्य पंकज र चेक अनादर मुद्दाको फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-०१ बस्ने विकट सुडीको छोरा अन्दाजि बर्ष ६१ को शिवनारायण सुडी समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०८-०९

१.      बारा, कलैया उप-महानगरपालिका-०१ राजदेबी मन्दिर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८६ मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने भोला प्रसाद साहको छोरा अन्दाजि बर्ष २१ को धिरज गुप्ता, महनथ साह तेलीको छोरा अन्दाजि बर्ष २४ को शनि साह तेली र कलैया उप-महानगरपालिका-०४ बस्ने अजय कुमार कलवारको छोरा अन्दाजि बर्ष २४ को खनिकेत साह कलवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।