फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०८-१०
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उप-महानगरपालिका-१७ रामनगर
स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने केदार नाथ सापकोटाको छोरा बर्ष अन्दाजि
३६ को रेवति प्रसाद सापकोटालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला
प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बैदेशिक रोजगार सम्बन्धि मुद्दाका
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, तिलाठी कोईलाडी
गाउँपालिका-०७ बभनगामा टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने राम बहादुर
रजकको छोरा वर्ष ३१ को मनोज कुमार रजकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी को-बरसाईन सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ठगि तथा अपराधिक
बिश्वासघात कसुर सम्बन्धि मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।