अबैध सामान सहित गाडी नियन्त्रण सम्बन्धी
२०८३-०८-०९
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका-१७
रामगढवाबाट अन्दाजी रु. १७,७९,२००/- (सत्र लाख उनान्असी हजार दुई सय रुपैयाँ) मुल्य
बराबरको बिल बिजक भन्दा फरक भएको कपडा लगायतको सामानहरु सहित BR05GC
5840 र BR31G 9717
नम्बरको मालवाहक २ वटा पिकअप गाडीहरु सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले उक्त ट्रक रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद
भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित पिकअप गाडीहरु नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय बिरगंज, पर्सामा पठाइएको छ ।