लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०८-०९
- A
- A-
- A+
१.
बारा, कलैया
उप-महानगरपालिका-०१ राजदेबी मन्दिर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने
पदार्थ ८६ मिलिग्राम
सहित ३
जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने भोला
प्रसाद साहको छोरा अन्दाजि बर्ष २१ को धिरज गुप्ता, महनथ साह तेलीको
छोरा अन्दाजि बर्ष २४ को शनि साह तेली र कलैया
उप-महानगरपालिका-०४
बस्ने अजय कुमार कलवारको छोरा अन्दाजि बर्ष २४ को खनिकेत साह कलवार रहेका
छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।