फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०८-०८
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट लागूऔषध मुद्बाको फरार
प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-१९ ईनर्वासिरा बस्ने अन्दाजि बर्ष ४३ को
प्रयाग महत्तो नुनिया र लागूऔषध मुद्दाको फरार प्रतिवादी फेटा गाउँपालिका-०२
कान्तिपुर टोल बस्ने रामबाबु राउत कुर्मीको छोरा अन्दाजि बर्ष ३३ को धुरेन्द्र भन्ने कुपन पटेल समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, बर्दिबास नगरपालिका-०९
पथलैया स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रामदेव महतोको छोरा
बर्ष ४५ को घुरन महतोलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ठगि तथा
अपराधिक बिश्वासघात कसुर सम्बन्धि मुद्धाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. धनुषा
जिल्लाका बिभिन्न स्थानबाट ठगी मुद्बाको फरार
प्रतिवादी लक्ष्मिनिया
गाउँपालिका-०५ घर भइ हाल जनकपुर उप-महानगरपालिका-१४ बस्ने अन्दाजि
वर्ष ४९ को बसन्त कुमार यादव, ठगी तथा
अनुचित लेनदेन मुद्दाको फरार प्रतिवादी जनकपुर उप-महानगरपालिका-०४ बस्ने अन्दाजि
वर्ष ६५ को शिव शंकर प्रसाद साह र अन्दाजि वर्ष ४८ को
विरेन्द्र कुमार साह समेतलाई सोमबार प्रहरीले पक्राउ
गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।