प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डी मृत्यु सम्बन्धीमा

२०८३-०८-०४

  • A
  • A-
  • A+
Share


१.      सिरहा,लहान नगरपालिका-१२ भोटिया टोल बस्ने संजिप ठाकुरको छोरी अन्दाजी वर्ष १५ कि नन्दनी कुमारी ठाकुर झुण्डी मृत्यु भएको हो । भन्सा कोठा भित्र  बासको बल्लोमा सलको पासो लगाई झुन्डिएको खबर पश्चात ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२.      सर्लाही,हरिवन नगरपालिका-१० ताईवान बस्ने नारायण विश्वकर्माको छोरी आन्दाजी वर्ष १७ कि बेनिरिता बि.क. झुण्डी मृत्यु भएको हो । आफ्नै दुई तल्ले टालिले छाएको काठको घरमा आफु सुत्ने कोठामा काठको कोरामा सलको पासो लगाई झुण्डीएको खबर पश्चात ईलाका प्रहरी कार्यालय हरिवनको SOCO र प्रहरी चौकी ढुङ्ग्रेखोलाबाट खटिएको प्रहरीको संयुक्त टोलिले आवश्यक अनुसन्धान गरिरहेको छ । 

३.       महोत्तरी,गौशाला नगरपालिका-०३ ईटाटार बस्ने संजित दासको छोरी अन्दाजी वर्ष १७ कि राघनी कुमारी दास झुण्डी मृत्यु भएको हो । लालबाबु साहको खेतमा रहेको बांसमा  जमिनबाट अं. ७  फि. माथि सलको पासो लगाई मृत्यु भएको खबर पश्चात ईलाका प्रहरी कार्यालय SOCO सहित प्रहरी टोलिले आवश्यक अनुसन्धान गरिरहेको छ ।      

सम्बन्धित समाचार
फरार प्रतिवादी सम्बन्धमा
२०८३-०८-०४

१.      बारा,आदर्श कोतवाल गाँउ पालिका-०४ ईनर्वा स्थितबाट फरार प्रतिवादी ईनर्वामाल बस्ने अन्दाजी वर्ष ५६ को हेफाजत करिमा अन्सारीलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नागरिकता सम्बन्धी कसुर मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा,बिश्रामपुर गाँउ पालिका-०२ कान्तिपुर टोल स्थितबाट फरार प्रतिवादी गाँउपालिका-०३ मुसहर्वा टोल बस्ने ध्यान प्रसाद कुर्मीको छोरा अन्दाजी वर्ष ३६ को अनिल पटेललाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा अभद्र व्यवहार सम्बन्धी कसुर मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      बारा,कलैया उप-महानहरपालिका-१३ फुलबरिया स्थितबाट फरार प्रतिवादी अन्दाजी वर्ष ४९ को प्रमानन्द प्रसाद यादवलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसतपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी र विश्वासघात सम्बन्धी मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      सिरहा,Gen-Z आन्दोलनको क्रममा प्रहरी परिसर काठमाण्डौको कक्षबाट फरार प्रतिवादी जन्म स्थान जिल्ला सप्तरी छिन्नमस्ता गाँउपालिका-०६ घर भई हाल गोलबजार नगरपालिका-०४ मा बसाई सरी बस्ने अंन्दाजी बर्ष ४४ को तेज नारायण दासलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार समेतको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्दा लागुऔषध मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      सप्तरी,रुपनी गाँउपालिका-०३ स्थितबाट फरार प्रतिवादी देवलाल खत्वेको छोरा आन्दाजी वर्ष ४८ को श्रीराम मण्डललाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी पत्थरगाडाबाट खटिएको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्दा बैँकिङ कसुर मुद्धाको फरार प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सम्बन्धी
२०८३-०८-०३

१.      पर्सा,बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.६१ मिलि ग्राम सहित १ जनालाई बुधबार दिँउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर उप-महानगरपालिका-१३ पदम पोखरी बस्ने सिंह बहादुर गोलेको छोरा वर्ष अन्दाजी ३१ को रामलाल गोले रहेका छन् । प्रहरी चौकी इनर्वा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त टोलीले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरिले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका-०२ गागन खोला स्थितबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ७.०२ मिलि ग्राम सहित १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-०८ कसाहा बस्ने डल्लु यादवको छोरा वर्ष अन्दाजी २४ को पारस यादव रहेका छन् । ईलाका प्रहरी गोलबजार र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीको संयुक्त टोलीले उक्त लागू औषध नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०८-०२

१.      बारा,कलैया उप-महानगरपालिका वडा नं. ०७ बैरिया स्थितबाट फरार प्रतिवादी दोष महमद मिँयाको छोरा अन्दाजी वर्ष ४५ को बसुरुदिन मिया अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पिकेट डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ठगि मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही,बसबरिया गाँउपालिका- ०१ स्थितबाट फरार प्रतिवादी अन्दाजी वर्ष ५५ को राम सिहासन रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा किर्ते कसुर मुद्धाको फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा,लहान नगरपालिका-०१ बजार स्थितबाट फरार प्रतिवादी जिल्ला उदयपुर त्रियुगा नगरपालिका-०३ बस्ने बालेश्वर खातिको छोरा अन्दाजी वर्ष ३५ को संजय कुमार खातीलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा अपराधिक विश्वासघात तथा ठगी मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा,औरही गाँउपालिका-०३ पिप्रा स्थितबाट फरार प्रतिवादी सोनाई यादवको छोरा अन्दाजी वर्ष ३५ को सकल देव यादव र निजको श्रीमती अन्दाजी वर्ष ३० कि रन्जु देवी यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कुटपिट अंगभंग मुद्धाको फरार प्रतिवादीलाइ नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छ ।