फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०८-०२
- A
- A-
- A+
१.
बारा,कलैया
उप-महानगरपालिका वडा नं. ०७ बैरिया स्थितबाट फरार प्रतिवादी दोष महमद मिँयाको छोरा
अन्दाजी वर्ष ४५ को बसुरुदिन मिया अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पिकेट डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ठगि मुद्धाको फरार रहेका निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२.
सर्लाही,बसबरिया
गाँउपालिका- ०१ स्थितबाट फरार प्रतिवादी अन्दाजी वर्ष ५५ को राम सिहासन रायलाई
मंगलबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी
टोलिले चेकजाँच गर्दा किर्ते कसुर मुद्धाको फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा,लहान
नगरपालिका-०१ बजार स्थितबाट फरार प्रतिवादी जिल्ला उदयपुर त्रियुगा नगरपालिका-०३
बस्ने बालेश्वर खातिको छोरा अन्दाजी वर्ष ३५ को संजय कुमार खातीलाई मंगलबार राती
प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय
सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा अपराधिक विश्वासघात तथा ठगी
मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
सिरहा,औरही
गाँउपालिका-०३ पिप्रा स्थितबाट फरार प्रतिवादी सोनाई यादवको छोरा अन्दाजी वर्ष ३५
को सकल देव यादव र निजको श्रीमती अन्दाजी वर्ष ३० कि रन्जु देवी यादवलाई मंगलबार
प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच
गर्दा कुटपिट अंगभंग मुद्धाको फरार प्रतिवादीलाइ नियन्त्रणमा लिएका हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छ ।