प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी

२०८३-०७-२७

  • A
  • A-
  • A+
Share


१.      बारा, कलैया उप-महानगरपालिका-०४ बजार स्थितबाट फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०१ बस्ने प्रभु साह कल्वारको छोरा अन्दाजि बर्ष २४ को सुमित साहलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कुटपिट अंगभंग मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सर्लाही, हरिवन नगरपालिका-११ हरिवन बजार स्थितबाट फरार प्रतिवादी जिल्ला ओखलढुङ्गा खाम्पादेबी गाउँपालिका-०२ बस्ने राम हरि कार्कीको छोरा अन्दाजि बर्ष ३० को सुवास कार्कीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      धनुषा, बिदेह नगरपालिका-०१ ठाडी स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रामलाल सुतिहारको छोरा अन्दाजि बर्ष ३० को गणेश सुतिहारलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अभद्र व्यवहार मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-२७

१.      पर्सा,  बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.०५ ग्राम सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका-०८ नयाँ बस्ती टोल बस्ने मोहन बहादुर बरालको छोरा बर्ष अन्दाजि २० को समिर बराल रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा,  बीरगंज महानगरपालिका-२३ शिवनगर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित १ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने विनोद प्रसाद चौरसियाको छोरा अन्दाजि वर्ष २१ को रञ्जन चौरसिया रहेका छन् । प्रहरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, बागमती नगरपालिका-१२ बजार टोल स्थितबाट लागूऔषध MEFTOR SPAS PLUS-११ पिस, TAPENTADOL-१३  पिस र ANTIKOF-१७ पिस सहित १ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने भक्त बहादुर रुम्बाको छोरा बर्ष अन्दाजि २३ को सन्देश रुम्बा रहेका छन् । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      महोत्तरी, पिपरा गाउँपालिका-०१ एकरहिया स्थितबाट लागूऔषध SPM-PRX-५ पिस र NITRAZEPAM-५ पिस सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने सुरेन्द्र झाको छोरा अन्दाजि वर्ष ३७ को मुकेश झा रहेका छन् । इलाका प्रहरी कार्यालय सहोडवा महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      धनुषा, शहिदनगर नगरपालिका-०३ यदुकुहा र ताराटोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५.३३० ग्राम सहित १ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ सोही स्थानमा बस्ने लक्ष्मी नारायण मण्डलको छोरा अन्दाजि वर्ष २१ को उपेन्द्र मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय यदुकुहा धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-२६

१.      पर्सा, गगरनाथपुर गाउँपालिका-०२ स्थितबाट Nitravet-२० पिस, BR 22 K 2861 नम्बरको मोटरसाईकल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धोबनी गाउँपालिका-०५ बस्ने अकिलेश प्रसाद बर्माको छोरा अन्दाजि बर्ष २५ को राजु बर्मा र बिरगंज महानगरपालिका-११ श्रीपुर बस्ने सौकत अलि शेखको छोरा अन्दाजि बर्ष ३१ को सिकेन्द्र शेख रहेका छन् । ईलाका प्रहरी कार्यालय जानकिटोला पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सप्तरी बलान बिहुल गाउँपालिका-०४ सिरहा र सप्तरी सिमानाको बलान खोला स्थितबाट बेवारिसे गाँजा २३१.८०० किलोग्राम बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय लहान, प्रहरी चौकी ठाडी सिरहा र प्रहरी चौकी बेल्ही सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-२५

१.      सर्लाही, बसवरीया गाउँपालिका-०३ मानपुर ब्यारेज स्थितबाट ONEREX-१४ बोतल, BR30AV1743 नम्बरको मोटरसाईकल सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत सितामढी जिल्ला मेजरगंज टोल बस्ने बिरेन्द्र यादवको छोरा बर्ष १९ को बिरेश कुमार यादब, रामनगर गाउँपालिका-०५ बिर्ता टोल बस्ने सुसिल रायको छोरा बर्ष १९ को अमरेश यादब र सुवास यादवको छोरा बर्ष १९ को सोनु यादब रहेका छन् । ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, भगवानपुर गाउँपालिका-०४ स्थितबाट Benadryl-३० बोतल र Dexorange-२९ बोतल, BR32 AD 4549 नम्बरको मोटरसाईकल सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य  जिल्ला मधुबनी ग्राम झझरी बस्ने राम जिवन साहको छोरा अन्दाजि वर्ष ३५ को मनोज कुमार साहलाई रहेका छन् । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रण
२०८३-०७-२४

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट ज.ज.क. मुद्बाको फरार प्रतिवादी सुवर्ण गाउँपालिका-०४ बस्ने बिल्टु प्रसाद यादबको छोरा बर्ष ३० को शिबनाथ प्रसाद यादब र ठगी मुद्दाको फरार प्रतिवादी महागढीमाई नगरपालिका-०६ बस्ने नगीना प्रसाद यादबको  छोरा बर्ष ४६ को रामनरेश यादब समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, धनकौल गाउँपालिका-०५ तेलबजार स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने लालधर राउत कुर्मीको छोरा अन्दाजि बर्ष ५१ को फुदेना राउत सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरकठवा सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बिगो मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।