फरार प्रतिवादी नियन्त्रण
२०८३-०७-२४
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट ज.ज.क. मुद्बाको फरार
प्रतिवादी सुवर्ण गाउँपालिका-०४ बस्ने बिल्टु प्रसाद यादबको छोरा बर्ष ३० को
शिबनाथ प्रसाद यादब र ठगी मुद्दाको फरार
प्रतिवादी महागढीमाई नगरपालिका-०६ बस्ने नगीना प्रसाद यादबको छोरा बर्ष ४६ को रामनरेश यादब समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, धनकौल गाउँपालिका-०५ तेलबजार स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने लालधर
राउत कुर्मीको छोरा अन्दाजि बर्ष ५१ को फुदेना राउत सोमबार बिहान प्रहरीले पक्राउ
गरेको छ । इलाका प्रहरी कार्यालय हरकठवा सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच
गर्दा बिगो मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।