लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-२३
- A
- A-
- A+
१. सिरहा,
भगवानपुर गाउँपालिका-०४ बलान खोला स्थितबाट गाँजा ८३.५६० किलोग्राम सहित
१ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा भगवानपुर
गाउँपालिका-०४ कल्यानपुर
टोल बस्ने गोसाई यादवको छोरा अन्दाजि वर्ष ५५ को देवशरण यादव रहेका
छन् ।
ईलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले
उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।