लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-२६
- A
- A-
- A+
१. पर्सा,
गगरनाथपुर गाउँपालिका-०२ स्थितबाट Nitravet-२० पिस, BR 22 K 2861 नम्बरको मोटरसाईकल सहित २ जनालाई बुधबार
बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धोबनी गाउँपालिका-०५
बस्ने अकिलेश प्रसाद बर्माको छोरा अन्दाजि बर्ष २५ को राजु बर्मा र बिरगंज महानगरपालिका-११
श्रीपुर बस्ने सौकत अलि शेखको छोरा अन्दाजि बर्ष ३१ को सिकेन्द्र शेख
रहेका छन् ।
ईलाका प्रहरी कार्यालय जानकिटोला पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
सप्तरी बलान बिहुल गाउँपालिका-०४ सिरहा र सप्तरी सिमानाको बलान खोला
स्थितबाट बेवारिसे गाँजा २३१.८००
किलोग्राम
बुधबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय लहान, प्रहरी चौकी
ठाडी सिरहा र प्रहरी चौकी बेल्ही सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।