लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-२५
- A
- A-
- A+
१. सर्लाही,
बसवरीया गाउँपालिका-०३ मानपुर ब्यारेज स्थितबाट ONEREX-१४ बोतल, BR30AV1743 नम्बरको मोटरसाईकल सहित ३ जनालाई मंगलबार
बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत सितामढी
जिल्ला मेजरगंज टोल बस्ने बिरेन्द्र यादवको छोरा बर्ष १९ को बिरेश कुमार यादब,
रामनगर गाउँपालिका-०५ बिर्ता टोल बस्ने सुसिल रायको छोरा बर्ष १९ को अमरेश यादब र सुवास
यादवको छोरा बर्ष १९ को सोनु यादब रहेका छन् । ईलाका प्रहरी
कार्यालय बरहथवा सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
भगवानपुर गाउँपालिका-०४ स्थितबाट Benadryl-३० बोतल र Dexorange-२९ बोतल, BR32 AD 4549 नम्बरको मोटरसाईकल सहित १ जनालाई मंगलबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार
राज्य जिल्ला मधुबनी ग्राम झझरी बस्ने राम
जिवन साहको छोरा अन्दाजि वर्ष ३५ को मनोज कुमार साहलाई
रहेका छन् ।
प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।