प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सम्बन्धी

२०८३-०८-०३

  • A
  • A-
  • A+
Share


१.      पर्सा,बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.६१ मिलि ग्राम सहित १ जनालाई बुधबार दिँउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर उप-महानगरपालिका-१३ पदम पोखरी बस्ने सिंह बहादुर गोलेको छोरा वर्ष अन्दाजी ३१ को रामलाल गोले रहेका छन् । प्रहरी चौकी इनर्वा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त टोलीले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरिले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सिरहा, गोलबजार नगरपालिका-०२ गागन खोला स्थितबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ७.०२ मिलि ग्राम सहित १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-०८ कसाहा बस्ने डल्लु यादवको छोरा वर्ष अन्दाजी २४ को पारस यादव रहेका छन् । ईलाका प्रहरी गोलबजार र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीको संयुक्त टोलीले उक्त लागू औषध नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०८-०२

१.      बारा,कलैया उप-महानगरपालिका वडा नं. ०७ बैरिया स्थितबाट फरार प्रतिवादी दोष महमद मिँयाको छोरा अन्दाजी वर्ष ४५ को बसुरुदिन मिया अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पिकेट डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ठगि मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही,बसबरिया गाँउपालिका- ०१ स्थितबाट फरार प्रतिवादी अन्दाजी वर्ष ५५ को राम सिहासन रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा किर्ते कसुर मुद्धाको फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा,लहान नगरपालिका-०१ बजार स्थितबाट फरार प्रतिवादी जिल्ला उदयपुर त्रियुगा नगरपालिका-०३ बस्ने बालेश्वर खातिको छोरा अन्दाजी वर्ष ३५ को संजय कुमार खातीलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा अपराधिक विश्वासघात तथा ठगी मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा,औरही गाँउपालिका-०३ पिप्रा स्थितबाट फरार प्रतिवादी सोनाई यादवको छोरा अन्दाजी वर्ष ३५ को सकल देव यादव र निजको श्रीमती अन्दाजी वर्ष ३० कि रन्जु देवी यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कुटपिट अंगभंग मुद्धाको फरार प्रतिवादीलाइ नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-२७

१.      पर्सा,  बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.०५ ग्राम सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका-०८ नयाँ बस्ती टोल बस्ने मोहन बहादुर बरालको छोरा बर्ष अन्दाजि २० को समिर बराल रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा,  बीरगंज महानगरपालिका-२३ शिवनगर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित १ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने विनोद प्रसाद चौरसियाको छोरा अन्दाजि वर्ष २१ को रञ्जन चौरसिया रहेका छन् । प्रहरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, बागमती नगरपालिका-१२ बजार टोल स्थितबाट लागूऔषध MEFTOR SPAS PLUS-११ पिस, TAPENTADOL-१३  पिस र ANTIKOF-१७ पिस सहित १ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने भक्त बहादुर रुम्बाको छोरा बर्ष अन्दाजि २३ को सन्देश रुम्बा रहेका छन् । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      महोत्तरी, पिपरा गाउँपालिका-०१ एकरहिया स्थितबाट लागूऔषध SPM-PRX-५ पिस र NITRAZEPAM-५ पिस सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने सुरेन्द्र झाको छोरा अन्दाजि वर्ष ३७ को मुकेश झा रहेका छन् । इलाका प्रहरी कार्यालय सहोडवा महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      धनुषा, शहिदनगर नगरपालिका-०३ यदुकुहा र ताराटोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५.३३० ग्राम सहित १ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ सोही स्थानमा बस्ने लक्ष्मी नारायण मण्डलको छोरा अन्दाजि वर्ष २१ को उपेन्द्र मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय यदुकुहा धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०७-२७

१.      बारा, कलैया उप-महानगरपालिका-०४ बजार स्थितबाट फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०१ बस्ने प्रभु साह कल्वारको छोरा अन्दाजि बर्ष २४ को सुमित साहलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कुटपिट अंगभंग मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, हरिवन नगरपालिका-११ हरिवन बजार स्थितबाट फरार प्रतिवादी जिल्ला ओखलढुङ्गा खाम्पादेबी गाउँपालिका-०२ बस्ने राम हरि कार्कीको छोरा अन्दाजि बर्ष ३० को सुवास कार्कीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा, बिदेह नगरपालिका-०१ ठाडी स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रामलाल सुतिहारको छोरा अन्दाजि बर्ष ३० को गणेश सुतिहारलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अभद्र व्यवहार मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।