फरार प्रतिवादी सम्बन्धमा
२०८३-०८-०४
- A
- A-
- A+
१.
बारा,आदर्श कोतवाल गाँउ पालिका-०४ ईनर्वा
स्थितबाट फरार प्रतिवादी ईनर्वामाल बस्ने अन्दाजी वर्ष ५६ को हेफाजत करिमा
अन्सारीलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय
महेन्द्र जयनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नागरिकता सम्बन्धी कसुर
मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा,बिश्रामपुर
गाँउ पालिका-०२ कान्तिपुर टोल स्थितबाट फरार प्रतिवादी गाँउपालिका-०३ मुसहर्वा टोल
बस्ने ध्यान प्रसाद कुर्मीको छोरा अन्दाजी वर्ष ३६ को अनिल पटेललाई बिहिबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले
चेकजाँच गर्दा अभद्र व्यवहार सम्बन्धी कसुर मुद्धाको फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
बारा,कलैया
उप-महानहरपालिका-१३ फुलबरिया स्थितबाट फरार प्रतिवादी अन्दाजी वर्ष ४९ को
प्रमानन्द प्रसाद यादवलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी
बसतपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी र विश्वासघात सम्बन्धी मुद्धाको
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
४.
सिरहा,Gen-Z आन्दोलनको क्रममा प्रहरी परिसर काठमाण्डौको कक्षबाट फरार प्रतिवादी जन्म
स्थान जिल्ला सप्तरी छिन्नमस्ता गाँउपालिका-०६ घर भई हाल गोलबजार नगरपालिका-०४ मा
बसाई सरी बस्ने अंन्दाजी बर्ष ४४ को तेज नारायण दासलाई बिहिबार साँझ प्रहरीले
पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा
कार्यालय गोलबजार समेतको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्दा लागुऔषध मुद्धाको
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
५.
सप्तरी,रुपनी
गाँउपालिका-०३ स्थितबाट फरार प्रतिवादी देवलाल खत्वेको छोरा आन्दाजी वर्ष ४८ को
श्रीराम मण्डललाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
सप्तरी र प्रहरी चौकी पत्थरगाडाबाट खटिएको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्दा
बैँकिङ कसुर मुद्धाको फरार प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।