हात-हतियार बरामद
२०८३-०८-०७
- A
- A-
- A+
१.
धनुषा,धनुषाधाम
नगरपालिका-०४ गौरीपुर टोल स्थितबाट कटुवा पेस्तोल-१ थान,गोली राउण्ड-१ थान सहित १
जना महिलालाई आईतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर
नगरपालिका-०५ निर्धना टोल बस्ने बिनोद महतोको श्रीमती अन्दाजी वर्ष ४० कि गंगावती
महतो रहेकी छन् । ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलिले चेकजाँच
गर्दा कम्मरमा बाधि लुकाई छिपाई लैजादै गरेको हातहतियार फेला पारि नियन्त्रण लिएका छन् । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।