फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०८-०७
- A
- A-
- A+
१. धनुषा,जनकपुर उप-महानरपालिका-०४ स्थितबाट फरार प्रतिवादी
लक्ष्मण साहको छोरा अन्दाजी वर्ष ६५ को शिव शंकर प्रसाद साहलाई आईतबार प्रहरीले
पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच
गर्दा ठगी तथा अनुचित लेनदेन मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा
लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा,मिर्चैया
कटारी चौक स्थितबाट फरार प्रतिवादी नगरपालिका-०६ बस्ने दिलिप साहको छोरा अन्दाजी
वर्ष २७ को सन्तुलन कुमार यादवलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी
कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी सम्बन्धी मुद्धाको
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।