फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०८-०९
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट लेनदेन विगो मुद्दाको फरार
प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-०८ बस्ने सुरेश
सिंह राजपुतको छोरा
अन्दाजि वर्ष २६
को कृष्ण कुमार
सिंह र बैदेशिक रोजगार सम्बन्धि मुद्दाको फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-१७
रामनगर बस्ने केदार नाथ सापकोटाको छोरा अन्दाजि बर्ष ३६ को रेवती प्रसाद सापकोटा समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२. सप्तरी
जिल्लाका बिभिन्न स्थानबाट सवारी ज्यान मुद्दाको
फरार प्रतिवादी राजगढ गाउँपालिका-०३ नर्घो बस्ने हरेराम मण्डल, ठगी मुद्दाको
फरार प्रतिवादी राजविराज नगरपालिका-०२ बस्ने नरेन्द्र कुमार देवको छोरा आदित्य
पंकज र चेक अनादर मुद्दाको फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-०१
बस्ने विकट सुडीको छोरा अन्दाजि बर्ष ६१ को शिवनारायण सुडी समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।