लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०८-१०
- A
- A-
- A+
१.
धनुषा, मुखियापट्टी
मुसहरनिया गाउँपालिका-०६ वैरीया बजार स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने
पदार्थ ०.५६ ग्राम, BR 32 AL 8017 नम्बरको
मोटरसाईकल
सहित १
जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने दिनेश
यादवको छोरा अन्दाजि वर्ष १९ को सुमन कुमार यादव रहेका
छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, मिर्चैया
नगरपालिका-०३ बलुवा टोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २१.०५ ग्राम र म.प्र.०-२-०१०
प ३९८१ नम्बरको मोटरसाईकल सहित
२ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा धनुषा सहिदनगर नगरपालिका-०९
बस्ने धनबिर यादवको छोरा अन्दाजि वर्ष १८ को राजनिश यादव र मिर्चैया नगरपालिका-११
बस्ने गुरु सरण साहको छोरा अन्दाजि वर्ष २० को नितेश कुमार साह रहेका
छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।