प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-१२

  • A
  • A-
  • A+
Share

१.     पर्सा, बिरगंज महानगरपालिका-२१ परवानिपुर चौक स्थितबाट लागु औषध चरेश ३१९ किलो ग्राम सहित जिल्ला मकवानपुर थाह नगरपालिका वडा नं. १२ बस्ने वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचना आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाण्डौबाट वीरगञ्जतर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकलाई खोजतलास गर्ने क्रममा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थित सडकखण्डमा रोकी राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइ ट्रक तथा चालकको कानूनी रित पुर्‍याइ खानतलासी गर्दा उक्त ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध चरेश १३ पोका फेला परेको र चालक बुद्धी बहादुर स्याङ्तानले लगाएको हाफ पाइन्टको दाहिने खल्तीमा नेपाली रू.१,९२,०००।– ( एक लाख बयानब्बे हजार ) समेत फेला परेकोले उल्लेखित नम्बरको मालबाहक ट्रक र बरामद लागु औषध चरेश सहित निज बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.    रौतहट, गौर नगरपालिका-१ भन्सार कार्यालय स्थितबाट लागु औषध Noophin, Cerejack, Phenargan) ५०/५० एम्पुल गरी १५० एम्पुल सहित जिल्ला स्याङ्जा हरिबाश गाउँपालिका-४ बस्ने अन्दाजी बर्ष ३१ को निल कुमार थापा मगरलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार सुरक्षा गार्ड रौतहट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको निल कुमार थापा मगर माथि शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागु औषध फेला पारी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

३.    बारा, जितपुर-सिमरा उप-महानगरपालिका-१७ रामनगर चोक स्थितबाट लागु औषध गाँजा अन्दाजी २० किलो ग्राम बिहिबार दिउँसो प्रहरीले नियन्त्रमा लिएको छ । प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरी टोलीले रामनगर बाट मधुवन तर्फ जादै गरेको नम्बर नलेखेको कालो-खैरो हिरो सुपर स्पेलेन्डर मोटरसाईकल रोक्न खोज्दा नरोकि भागेकोमा उक्त मोटरसाईकललाई लखेट्दै जादाँ मोटरसाईकल चालक र पछाडि सवार दुवै  जना मोटरसाईकल र निजहरुको साथमा रहेको पहेलो रङको बोरा छाडि फरार भएको र उक्त पहेलो बोरा चेकजाँच गर्दा लागु औषध फेला पारी नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

सिरहा, औरही गाउँपालिका १ स्थितबाट लागु औषध Nitrazepam Tablets IP 10 mg नामक २ पत्तामा २० पिस ट्याब्लेट सहित  गोलबजार नगरपालिका १२ बस्ने कासिन्द्र मुखियाको छोरा बर्ष १७ को राकेश मुखिया, सोही स्थान बस्ने दुखरन मुखियाको छोरा बर्ष १८ को मनिष मुखिया र सुखिपुर नगरपालिका ६ जगिपुर बस्ने रामदेव रायको छोरा बर्ष २० को सोनेलाल रायलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा दरहैयाबाट हर्कटी तर्फ आँउदै गरेको म.प्र.०१-००५ प ०५१४ नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँज गर्दा मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

बारा, आदर्शकोतवाल गाउँपालिका ४ हर्नैहिया चोकमा दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भन्ने खबर मिति २०८२-०३-२९ गते साँझ प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय  बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट संयुक्त प्रहरी टोलि खटिगई दुवै आँपको क्यारेट बरामद गरी चेक जाँच गर्दा लागु औषध १५०० सय पिस फेनार्गन, १५०० सय पिस नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार पाँच सय) पिस लागु औषध ईन्जेक्सन बरामद गरी प्रहरीले थप अनुसन्धान गर्दै जाने क्रममा मिति २०८२-०३-३० गते साँझ CCTV क्यामेरामा देखिएको फोटोमा नम्बर नखुलेको भारतीय मोटरसाइकलमा उक्त क्यारेट लोड भएको मोटरसाइकल चालकले रातो रंङगको भेस्ट लगाएको र लागु औषध बोकेको मोटरसाइकललाई  BR05AZ4572 नम्बरको कालो रातो रङको १५० सि.सि.को भारतीय नम्बरको पल्सर मोटरसाइकलले स्कटिङग गरेको फोटो समेत देखिएकोले निजहरुको खोजतलास गर्दै जाँदा मिति २०८२-०३-३१ गते साँझ CCTV क्यामेरामा देखिएको  फोटोमा भएको हुलिया अनुसार लागु औषध ओसारपसारमा संलग्न देखिएको देश भारत जिल्ला मोतिहारी ग्रामपञ्चायत बिजवनि बन्कटवा टोल बस्ने ईन्द्रजित रायको छोरा बर्ष २५ को बलिराम कुमार यादव र निजको भाई बर्ष १८ को कन्हैया यादव, सोही स्थान बस्ने रंगिलाल यादवको छोरा बर्ष २१ को वकिल कुमार यादवलाई BR05AZ4572  र BR05BC9501 नम्बरको कालो रातो कलरको १५० सि.सि.को दुई वटा पल्सर मोटरसाइकल सहित पचरौता नगरपालिका २ चतुरी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।