लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-११
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थित रहेको जय नेपाल होटलको कोठा न.११८ बाट अवैध लागूऔषध NITCOR-10-२०० पिस र ONEREX-२ बोतल, नेपाली रु. २५,०००/- सहित
२ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला चितवन रत्ननगर नगरपालिका-०६ टाँडी चोक वस्ने अन्दाजि वर्ष ५२ उत्तम कुमार
पाठक र पर्सा बिरगंज महानगरपालिका-०२ छपकैया टोल वस्ने मोहमद आलमको छोरा अन्दाजि वर्ष
३५ को ओसिम ठकुराई रहेका छन् । उक्त होटलमा लागूऔषध बिक्री बितरण भइरहेको
छ भनी बिशेष सुचनाको आधारमा प्रहरी चौकी
ईनर्वा पर्सा र लागूऔषध नियन्त्रण व्युरो कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त
प्रहरी टोलीले उक्त होटलको कोठा चेकजाँच गर्दा उक्त
लागूऔषध फेला पारी लागूऔषध र नगद सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।