फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-१०
- A
- A-
- A+
महोत्तरी, सम्सी गाउँपालिका-०४ गैडाभेडपुरबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने इन्द्रजित खत्वेको छोरा अन्दाजि वर्ष २२ को राम ह्रदय मण्डल खत्वेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी गैडाभेडपुर महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ज.ज.क मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।