फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०८
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट बाहु विवाह सम्बन्धी
मुद्दाको
फरार प्रतिवादी कलैया उप-महानगरपालिका-१६ बस्ने अन्दाजि
बर्ष ३० को अकलेश कुमार यादव, अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी पचरौता नगरपालिका-०३ भट्टिबैरीया वस्ने सुरुज दास तत्माको छोरा अन्दाजि वर्ष
६० को रामआधार दास तत्मा र निजको छोरा अन्दाजि वर्ष २६ को रामदरेश दास तत्मा र ठगी
कसुर मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-१५
बस्ने अन्दाजि वर्ष ३० को कादीर हुसेन मंसुर समेतलाई बिहिबार प्रहरीले पक्राउ
गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, गोलबजार नगरपालिका-०७ चोहर्वा चौकबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने शुबलाल मोचिको छोरा अं. बर्ष ४८ को बेचन मोचि रामलाई बिहिबार
बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको
प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन बिगो मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।