लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०७
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उप-महानगरपालिका-०७ बकुलिया
चौर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०० मिलिग्राम सहित १
जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिमरा उप-महानगरपालिका-०८
महम्मदपुर बस्ने ईस्तिकार हुसैनको छोरा अन्दाजि बर्ष २८ को सादिर हुसैन अंसारी
रहेका
छन् । इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजमाथी
शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।
२. सर्लाही,
हरिवन नगरपालिका-०९ नयाँ रोड स्थितबाट लागू औषध Antikof tablets-१११ पिस,
Dicyclomine
hydrochloride tablets-१०१ पिस, tepentadol-१११ पिस र नम्बर नखुलेको स्कुटी
सहित १ जनालाई बुधबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-०९ बस्ने कृष्ण प्रसाद उप्रेतीको छोरा बर्ष २४ को रुपेश कुमार
उप्रेती रहेक
छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष
सुचनाको आधारमा उक्त स्कुटिलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको
उक्त लागूऔषध फेला पारी लागूऔषध र स्कुटी सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, लहान
नगरपालिका-०३ नयाँ बस्ती टोलबाट अवैध लागूऔषध गाँजा ६५२ किलोग्राम,
नास्पाती ९२० किलोग्राम र बा २१ च ५८६६ नं. को
योद्धा पिकअप गाडी सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३८ कि श्याम कुमारी साह, देश भारत
विहार राज्य
मधुवनी जिल्ला घर भई हाल जिल्ला सिरहा लहान
नगरपालिका-०३ बस्ने अन्दाजि बर्ष ४० को गौरव महतो र निजको छोरा अन्दाजि बर्ष १९ को
शिवम साह रहेका छन् । लागूऔषध गाँजा बोकेको गाडी निज श्याम कुमारी साहको घर अगाडी
कम्पाउण्डमा पार्किङ गरी राखेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी
कार्यालय लहान सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट
खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाडीको रीतपुर्वक खानतलासी गर्दा गाडीको
पछाडीको भागमा रहेको ४६ वटा नास्पातीको क्रेटहरू हटाई हेर्दा भित्री भागमा
प्लाष्टिकको सेतो बोराहरुमा लुकाई छिपाई राखेको लागूऔषध गाँजा ३१ बोरा र २ वटा
सेतो प्लाष्टिक गरी जम्मा उक्त लागूऔषध फेला पारी लागूऔषध गाँजा, नास्पाती र पिकअप
सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
४.
सप्तारी, तिलाठी कोईलाडी गाउँपालिका-०५
स्थितबाट अवैध लागूऔषध गाँजा ३३३२ किलो ४६० ग्राम सहित बा.प्र.०१-०२५ च ०४३६
नम्बरको सेतो स्कारपियो, प्र १-०४-००१ च १५०७ नम्बर र बा.प्र.०१-०२९ च ९५८६
नम्बरको सेतो पिकअप आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध ओसार पसार
भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको
प्रहरी चेकिङ्ग टोलीले हनुमाननगरबाट रामपुरमल्हनिया तर्फ जादैँ गरेको उक्त सवारी
साधनहरुलाई नियन्त्रणमा लिने क्रममा तिन वटै सवारी साधनको चालक फरार भएको तथा
सवारी साधनहरुलाई चेकजाँच गर्दा बा.प्र.०१-०२५ च ०४३६ नम्बरको सेतो स्कारपियोबाट
१९ बोरा, प्र १-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा र बा.प्र.०१-०२९ च ९५८६
नम्बरको सेतो पिकअपबाट ३३ बोरा गरी जम्मा १०० बोरामा प्लाष्टिक सहित ३३६३ किलो ४६०
ग्राम र प्लाष्टिक बाहेक ३३३२ किलो ४६० ग्राम लागऔषध गाँजा बरामद गरी उक्त सवारी
साधन सहित लागूऔषध गाँजा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखेको तथा फरार
रहेको ३ वटै सवारी साधनको चालकहरुको खोजतलास कार्य साथै आवश्यक अनुसन्धान कार्य
भइरहेको छ ।