प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा ।

२०८३-०४-०६

  • A
  • A-
  • A+
Share

सिरहा, जनकपुर उप-महानगरपालिका-२० रुपैठा टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने जिम्दार महतोको छोरा अन्दाजि वर्ष ३९ को रविन भन्ने रविन्द्र कुमार महतोलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा चोरी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०६

१.      पर्सा, जगरनाथपुर गाउँपालिका-०४ सुहपुर स्थितबाट लागू औषध गाँजा २० किलो ६८७ ग्राम, BR06BH5496 नम्बरको कार सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार सितागढी जिल्ला ग्राम पंचायत तालका डुम्रा वडा नं.३३ बस्ने अन्दाजि बर्ष ३४ को रहमद अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा चितवनबाट भारतको सुगौली तर्फ जादै गरेको उक्त कारलाई रोकी चेकजाँच गर्दा पछाडी सिट मुनि सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध र कार सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा, जितपुर सिमरा उप-महानगरपालिका-०७ सिधरी टोल स्थितबाट लागू औषध गाँजा २ किलो ७५४ ग्राम सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने मुकतार बैठाको छोरा अन्दाजि वर्ष ३७ को दिवेन्द्र बैठा रहेका छन् । इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा निजमाथी शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध गाँजा फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      बारा, जितपुर सिमरा उप-महानगरपालिका-०७ पहाडी टोल स्थितबाट लागू औषध खैरो हिरोईन जस्तो देखीने पदार्थ ७० मिलिग्राम सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने हिरालाल ठाकुरको छोरा अन्दाजि बर्ष २५ को बिदेशी ठाकुर रहेका छन् । इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा निजमाथी शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      महोत्तरी, बर्दिबास नगरपालिका-०३ गौरीडाँडा अस्थाई ट्राफिक प्रहरी पोष्ट अगाडी बि.पि. राजमार्ग स्थितबाट लागू औषध खैरो हिरोईन जस्तो देखीने पदार्थ २६ ग्राम ९९० मिलिग्राम सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला मधुबनी ग्राम पंचायत मधवापुर-५ बस्ने स्व.श्याम सुन्दर मण्डलको छोरा बर्ष २४ को राजा कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००७ ख ८२१ नम्बरको हायस गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा निजलाई चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।५.      धनुषा, जनकपुर उप-महानगरपालिका-०४ भैरव चौक स्थितबाट लागू औषध Nitrazepam-५ पिस, Spasmo-७ पिस र म.प्र.०३-००२ स ७५३८ नम्बरको अटो सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगराईन नगरपालिका-०६ बस्ने विनोद झाको छोरा अन्दाजि बर्ष २८ को सुरज कुमार झा रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा उक्त अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध र अटो सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ६.      सप्तरी, सुरुङ्गा नगरपालिका-०२ भेडिया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखीने पदार्थ ५ ग्राम ७७० मिलिग्राम सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सुनसरी रामधुनि नगरपालिका-०५ घर भई हाल जिल्ला सप्तरी सुरुङगा नगरपालिका-०२ रक्सा बस्ने बिर बहादुर कार्कीको छोरा बर्ष अन्दाजि ३७ को अस्मिन कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा निज पैदलयात्री माथी शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०४

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट बैकिङ्ग कसुर मुद्बाको फरार प्रतिवादी जितपुरसिमरा उप-महानगरपालिका-१५ डुमरवाना बस्ने हरी बहादुर पौडेलको छोरा अन्दाजि बर्ष ४१ को गोबिन्द पौडेल, झुठा विवरण पेश गरि नागरिकता बनाएको सम्बन्धी मुद्दाका फरार प्रतिबादी जितपुरसिमरा उप-महानगरपालिका-०७ बस्ने दिनेश प्रसाद कलवारको छोरा अन्दाजि बर्ष ४० को रामु कुमार कलवार, कलैया उप-महानगरपालिका-२१ बस्ने अश्रात मिया अंसारीको छोरा अन्दाजि वर्ष २० जैनुदिन मिया अंसारी र चेक अनादर मुद्दाको फरार प्रतिवादी करैयामाई गाउँपालिका-०४ लौतन बस्ने अन्दाजि वर्ष ४५ को पंचन किशोर महतो कोईरी समेतलाई  आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिबास नगरपालिका-१४ औरही रोड स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने हरि नारायण महतोको छोरा अन्दाजि वर्ष २५ को रोहित कुमार महतोलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा डाका कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सप्तरी,शम्भुनाथ नगरपालिका-०६ कठौना चौकबाट फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-१० बस्ने अन्दाजि वर्ष ५७ को बुद्धि सरदार र सोही स्थानमा बस्ने भुलर सरदारको छोरा बर्ष अन्दाजि ५० को किरण सरदारलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अपमान जनक तथा अमानविय व्यवहार मुद्दाका फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०४

१.      महोत्तरी, सोनमा गाउँपालिका-०५ खयरबनी स्थितबाट अवैध लागूऔषध Spasmo proxyvon plus-१६ पिसर Nitravet-२ पिस सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका-०१ बस्ने  रामएकबाल महतोको छोरा बर्ष अन्दाजि १८ को संजिब महतो रहेका छन् । इलाका प्रहरी कार्यालय खयरबनी र सशस्त्र प्रहरी बल BOP खयरबनी महोत्तरीबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निज पैदलयात्रीमाथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, कर्जन्हा नगरपालिका-११ नयाँ टोल बरफ फ्याक्ट्री स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८८० मिलिग्राम, नेपाली रु.५,७४०/- सहित २ जनालाई शनिवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-०९ घर भई वडा नं.११ स्थित रामउदगार महतो को घरमा डेरा गरी बस्दै आएका बिनोद महराको छोरा अन्दाजि वर्ष २४ को अवधेश महरा र  सोही स्थानमा बस्ने हेमलाल महराको छोरा अन्दाजि वर्ष ३१ को सुनिल महरा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा राम उदगार महतोको सात वटा कोठा भएको भुई तल्ले पक्कि घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०३

१.      सर्लाही, कडौना गाउँपालिका-०१ सुकचैना स्थितबाट अवैध लागूऔषध गाँजा ४१९ किलो ९३० ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोहि स्थानमा बस्ने बच्चेलाल राउतको छोरा अन्दाजि वर्ष २५ को राहुल राउत र बासुदेव राउतको छोरा अन्दाजि वर्ष ४६ को महादेव राउत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलिले लागूऔषध बिरुद्द सचेतनामुलक कार्यक्रम अन्तर्गत चेकजाँच गर्दै जाँदा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका-०६ गोलबजार टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम २८० मिलिग्राम सहित १ जनालाई शनिवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राम थापा मगरको छोरा अन्दाजि बर्ष २७ को सुजन थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजलाई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।