लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०६
- A
- A-
- A+
१.
पर्सा, जगरनाथपुर गाउँपालिका-०४ सुहपुर स्थितबाट
लागू औषध गाँजा २० किलो ६८७ ग्राम, BR06BH5496 नम्बरको कार
सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार सितागढी जिल्ला ग्राम पंचायत तालका डुम्रा वडा नं.३३ बस्ने अन्दाजि
बर्ष ३४
को रहमद अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली
पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा चितवनबाट भारतको सुगौली तर्फ जादै गरेको उक्त कारलाई रोकी चेकजाँच गर्दा पछाडी सिट मुनि सेतो प्लाष्टिकमा प्याक
गरी
लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध र कार सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा, जितपुर
सिमरा उप-महानगरपालिका-०७ सिधरी टोल स्थितबाट लागू औषध गाँजा २ किलो ७५४ ग्राम
सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही
स्थानमा बस्ने मुकतार बैठाको छोरा अन्दाजि वर्ष ३७ को दिवेन्द्र बैठा रहेका छन् ।
इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको
आधारमा निजमाथी शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध गाँजा
फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. बारा, जितपुर
सिमरा उप-महानगरपालिका-०७ पहाडी टोल स्थितबाट लागू औषध खैरो हिरोईन जस्तो देखीने
पदार्थ ७० मिलिग्राम सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेमा सोही स्थानमा बस्ने हिरालाल ठाकुरको छोरा अन्दाजि बर्ष २५ को बिदेशी ठाकुर
रहेका छन् । इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ् टोलिले
बिशेष सुचनाको आधारमा निजमाथी शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त
लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
महोत्तरी, बर्दिबास नगरपालिका-०३ गौरीडाँडा
अस्थाई ट्राफिक प्रहरी पोष्ट अगाडी बि.पि. राजमार्ग स्थितबाट लागू औषध खैरो हिरोईन
जस्तो देखीने पदार्थ २६ ग्राम ९९० मिलिग्राम सहित १ जनालाई मंगलबार बिहान प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला मधुबनी ग्राम पंचायत
मधवापुर-५ बस्ने स्व.श्याम सुन्दर मण्डलको छोरा बर्ष २४ को राजा कुमार मण्डल रहेका
छन् । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष
सुचनाको आधारमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००७ ख ८२१
नम्बरको हायस गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा निजलाई चेकजाँच गर्दा लुकाई छिपाई
राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५. धनुषा,
जनकपुर उप-महानगरपालिका-०४ भैरव चौक स्थितबाट लागू औषध Nitrazepam-५ पिस, Spasmo-७ पिस र म.प्र.०३-००२ स ७५३८ नम्बरको
अटो सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगराईन
नगरपालिका-०६ बस्ने विनोद झाको छोरा अन्दाजि बर्ष २८ को सुरज कुमार झा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको
आधारमा उक्त अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त
लागूऔषध फेला पारी लागूऔषध र अटो सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
६. सप्तरी,
सुरुङ्गा नगरपालिका-०२ भेडिया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखीने पदार्थ ५
ग्राम ७७० मिलिग्राम सहित १ जनालाई मंगलबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेमा जिल्ला सुनसरी रामधुनि नगरपालिका-०५ घर भई हाल जिल्ला
सप्तरी सुरुङगा नगरपालिका-०२ रक्सा बस्ने बिर बहादुर कार्कीको छोरा बर्ष अन्दाजि ३७
को अस्मिन कार्की
रहेका छन् । इलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले
बिशेष सुचनाको आधारमा निज पैदलयात्री माथी शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई
राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।