लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०५
- A
- A-
- A+
१.
बारा, कलैया उप-महानगरपालिका-१९ पचायनपुर स्थितबाट अवैध लागूऔषध गाँजा ७५० ग्राम सहित १
जनालाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही स्थानमा
बस्ने शिवनारायण पटेलको छोरा अन्दाजि बर्ष २० को सनोज पटेल रहेका छन् ।
अस्थाई प्रहरी पोष्ट गंगापुर बाराबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजको पसल
खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।