फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०२
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलिले
बैकिङ्ग कसुर मुद्बाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०४ कलैया अन्दाजि वर्ष ४३ को हरिचन्द्र प्रसाद कुशवाहा र
अभद्र व्यवहार चालु मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०५ बस्ने अन्दाजि
वर्ष ४३ को मनोज राउत अहिरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा
जिल्लाका बिभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी
टोलिले कर्तव्य ज्यान कसुर मुद्बाको फरार प्रतिवादी बरियारपट्टी गाउँपालिका-०५ जिझौल बस्ने कामेश्वर रायको छोरा अन्दाजि बर्ष ६० को रामनाथ भन्ने रामनारायण राय र बैंकिङ
कसुर मुद्दाको फरार प्रतिवादी लक्ष्मिपुरपतारी गाउँपालिका-०३
महेशपुर बस्ने रघुवर यादवको छोरा अन्दाजि वर्ष ५५ को
महेन्द्र यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-०९ पत्थरगाढाबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सोनाई दासको छोरा अन्दाजि वर्ष ४० को बिरेन्द्र कुमार दासलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरगाढा सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी ज्यान मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।