प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा ।

२०८३-०४-०३

  • A
  • A-
  • A+
Share

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट बैकिङ्ग कसुर मुद्बाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-२६ महेशपुर बस्ने अन्दाजि वर्ष ५५ को देव नारायण चौधरी र अभद्र व्यवहार चालु मुद्दाको फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ४० को रामलाल साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      रौतहट, देवाही गोनाही नगरपालिका-०८ पटेल चोकबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने साहेव राउत कुर्मीको छोरा अन्दाजि बर्ष ४० को हरिराम राउतलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ्ग कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      सिरहा जिल्लाका बिभिन्न स्थानबाट लेनदेन बिगो मुद्बाको फरार प्रतिवादी बिष्णुपुर गाउँपालिका-०५ बस्ने अन्दाजि वर्ष ५२ को चन्देश्वर यादव, सोही  मुद्दाका फरार प्रतिवादीगोलबजार नगरपालिका-०७ बस्ने सुखिया चमारको छोरा अन्दाजि वर्ष ५१ को बेचन महरा र ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी कल्याणपुर नगरपालिका-१२ बस्ने अन्दाजि बर्ष ४५ को ज्ञानचन मुखिया समेतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०४

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट बैकिङ्ग कसुर मुद्बाको फरार प्रतिवादी जितपुरसिमरा उप-महानगरपालिका-१५ डुमरवाना बस्ने हरी बहादुर पौडेलको छोरा अन्दाजि बर्ष ४१ को गोबिन्द पौडेल, झुठा विवरण पेश गरि नागरिकता बनाएको सम्बन्धी मुद्दाका फरार प्रतिबादी जितपुरसिमरा उप-महानगरपालिका-०७ बस्ने दिनेश प्रसाद कलवारको छोरा अन्दाजि बर्ष ४० को रामु कुमार कलवार, कलैया उप-महानगरपालिका-२१ बस्ने अश्रात मिया अंसारीको छोरा अन्दाजि वर्ष २० जैनुदिन मिया अंसारी र चेक अनादर मुद्दाको फरार प्रतिवादी करैयामाई गाउँपालिका-०४ लौतन बस्ने अन्दाजि वर्ष ४५ को पंचन किशोर महतो कोईरी समेतलाई  आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिबास नगरपालिका-१४ औरही रोड स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने हरि नारायण महतोको छोरा अन्दाजि वर्ष २५ को रोहित कुमार महतोलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा डाका कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सप्तरी,शम्भुनाथ नगरपालिका-०६ कठौना चौकबाट फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-१० बस्ने अन्दाजि वर्ष ५७ को बुद्धि सरदार र सोही स्थानमा बस्ने भुलर सरदारको छोरा बर्ष अन्दाजि ५० को किरण सरदारलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अपमान जनक तथा अमानविय व्यवहार मुद्दाका फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०४

१.      महोत्तरी, सोनमा गाउँपालिका-०५ खयरबनी स्थितबाट अवैध लागूऔषध Spasmo proxyvon plus-१६ पिसर Nitravet-२ पिस सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका-०१ बस्ने  रामएकबाल महतोको छोरा बर्ष अन्दाजि १८ को संजिब महतो रहेका छन् । इलाका प्रहरी कार्यालय खयरबनी र सशस्त्र प्रहरी बल BOP खयरबनी महोत्तरीबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निज पैदलयात्रीमाथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, कर्जन्हा नगरपालिका-११ नयाँ टोल बरफ फ्याक्ट्री स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८८० मिलिग्राम, नेपाली रु.५,७४०/- सहित २ जनालाई शनिवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-०९ घर भई वडा नं.११ स्थित रामउदगार महतो को घरमा डेरा गरी बस्दै आएका बिनोद महराको छोरा अन्दाजि वर्ष २४ को अवधेश महरा र  सोही स्थानमा बस्ने हेमलाल महराको छोरा अन्दाजि वर्ष ३१ को सुनिल महरा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा राम उदगार महतोको सात वटा कोठा भएको भुई तल्ले पक्कि घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०३

१.      सर्लाही, कडौना गाउँपालिका-०१ सुकचैना स्थितबाट अवैध लागूऔषध गाँजा ४१९ किलो ९३० ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोहि स्थानमा बस्ने बच्चेलाल राउतको छोरा अन्दाजि वर्ष २५ को राहुल राउत र बासुदेव राउतको छोरा अन्दाजि वर्ष ४६ को महादेव राउत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलिले लागूऔषध बिरुद्द सचेतनामुलक कार्यक्रम अन्तर्गत चेकजाँच गर्दै जाँदा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका-०६ गोलबजार टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम २८० मिलिग्राम सहित १ जनालाई शनिवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राम थापा मगरको छोरा अन्दाजि बर्ष २७ को सुजन थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजलाई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०२

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलिले बैकिङ्ग कसुर मुद्बाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०४ कलैया अन्दाजि वर्ष ४३ को हरिचन्द्र प्रसाद कुशवाहा र अभद्र व्यवहार चालु मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०५ बस्ने अन्दाजि वर्ष ४३ को मनोज राउत अहिरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सिरहा जिल्लाका बिभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलिले कर्तव्य ज्यान कसुर मुद्बाको फरार प्रतिवादी बरियारपट्टी गाउँपालिका-०५ जिझौल बस्ने कामेश्वर रायको छोरा अन्दाजि बर्ष ६० को रामनाथ भन्ने रामनारायण राय र बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी लक्ष्मिपुरपतारी गाउँपालिका-०३ महेशपुर बस्ने रघुवर यादवको छोरा अन्दाजि वर्ष ५५ को महेन्द्र यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी, डाक्नेश्वरी नगरपालिका-०९ पत्थरगाढाबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सोनाई दासको छोरा अन्दाजि वर्ष ४० को बिरेन्द्र कुमार दासलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरगाढा सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी ज्यान मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०२

१.      सर्लाही, लालबन्दी नगरपालिका-०१ बागवानी स्थितबाट अवैध लागूऔषध NITRAZEPAM TABLET- ५९० पिस सहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला रामनगर गाउँपालिका-०५ बस्ने दिलिप कुमार यादवको छोरा अन्दाजि वर्ष १६ को बिक्रम यादव र गोडैता नगरपालिका-११ बस्ने दिनेश राय यादवको छोरा अन्दाजि वर्ष १७ को प्रितम यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दी र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निज पैदलयात्रीहरु माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ पुर्व बसपार्क अगाडीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४६० मिलिग्राम सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका-०४ बस्ने पलट साहको छोरा अन्दाजि वर्ष ३५ को सुनिल कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निज पैदलयात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      धनुषा, गणेशमान नगरपालिका-०४ बिरेन्द्र बजार स्थितबाट अवैध लागूऔषध गाँजा १४८ ग्राम सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा गणेशमान नगरपालिका-०१ गोल घर बस्ने मोहमद मजिर राईनको छोरा अन्दाजि बर्ष २४ को मोहमद तमिम राईन रहेका छन् । इलाका प्रहरी कार्यालय भरतपुर धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निज माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      धनुषा, गणेशमान नगरपालिका-०३ श्रीरामपुर स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ११० मिलिग्राम र सर्ट गनको गोली थान-३ सहित १ जनालाई शुक्रवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बस्ने दिनेश दासको छोरा अन्दाजि बर्ष २० को मुकेश दासले रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय भरतपुर धनुषाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा निजको घर खानतलासी गर्दा उक्त लागूऔषध र गोली फेला पारी लागूऔषध र अवैध गोली सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी, बलान बिहुल गाउँपालिका-०२ दुधैला स्थितबाट वेवारिसे अवैध लागूऔषध गाँजा १५ किलोग्राम शुक्रवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले दुधौला स्थित बलान खोलाबाट उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०४-०१

१.      सर्लाही, जिल्लाका बिभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले कुटपिट कसुर मुद्बाको फरार प्रतिवादी सर्लाही हरिवन नगरपालिका-०५ धुर्कौलि बस्ने बर्ष ४३ को राजकुमार महतो र चेक अनादर मुद्दाका फरार प्रतिवादी हरिवन नगरपालिका-०६ बस्ने बर्ष ५१ को सबिता खरेललाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जिल्लाका बिभिन्न स्थानबाट अनुचित लेनदेन सम्बन्धी मुद्बाको फरार प्रतिवादी जनकपुर उप-महानगरपालिक-१६ कपिलेश्वर बस्ने अन्दाजि वर्ष ५३ को गोपाल साह र बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी धनुषाधाम नगरपालिका-०७ बस्ने नाजिर मंसुरको छोरा अन्दाजि बर्ष ३७ को कलामद मंसुरलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।