लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०२
- A
- A-
- A+
१.
सर्लाही, लालबन्दी नगरपालिका-०१ बागवानी
स्थितबाट अवैध लागूऔषध NITRAZEPAM
TABLET- ५९० पिस सहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला रामनगर गाउँपालिका-०५
बस्ने दिलिप कुमार यादवको छोरा अन्दाजि वर्ष १६ को बिक्रम यादव र गोडैता नगरपालिका-११
बस्ने दिनेश राय यादवको छोरा अन्दाजि वर्ष १७ को प्रितम यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय लालबन्दी र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त
प्रहरी चेकिङ् टोलिले निज पैदलयात्रीहरु माथी शंका लागी चेकजाँच
गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, बर्दिबास नगरपालिका-०१ पुर्व
बसपार्क अगाडीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४६०
मिलिग्राम सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ
पर्नेमा धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका-०४ बस्ने पलट
साहको छोरा अन्दाजि वर्ष ३५ को सुनिल
कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट
खटिएको
संयुक्त प्रहरी चेकिङ् टोलिले निज पैदलयात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
३.
धनुषा, गणेशमान नगरपालिका-०४ बिरेन्द्र बजार
स्थितबाट अवैध लागूऔषध गाँजा १४८ ग्राम सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा गणेशमान
नगरपालिका-०१ गोल घर बस्ने मोहमद मजिर राईनको छोरा अन्दाजि बर्ष २४ को मोहमद तमिम
राईन रहेका
छन् । इलाका प्रहरी कार्यालय भरतपुर धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निज माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
धनुषा, गणेशमान नगरपालिका-०३ श्रीरामपुर
स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ११० मिलिग्राम र सर्ट गनको गोली थान-३ सहित १ जनालाई शुक्रवार राती प्रहरीले नियन्त्रणमा
लिएको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बस्ने
दिनेश दासको छोरा अन्दाजि बर्ष २० को मुकेश दासले रहेका छन् । इलाका
प्रहरी कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय भरतपुर धनुषाबाट खटिएको संयुक्त प्रहरी
चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा निजको घर खानतलासी गर्दा उक्त लागूऔषध र गोली
फेला पारी लागूऔषध र अवैध गोली सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सप्तरी, बलान बिहुल गाउँपालिका-०२ दुधैला स्थितबाट वेवारिसे अवैध लागूऔषध गाँजा १५ किलोग्राम शुक्रवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले दुधौला स्थित बलान खोलाबाट उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।