लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०४
- A
- A-
- A+
१.
महोत्तरी, सोनमा गाउँपालिका-०५ खयरबनी
स्थितबाट अवैध लागूऔषध Spasmo proxyvon plus-१६ पिसर Nitravet-२ पिस सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सोनमा गाउँपालिका-०१ बस्ने
रामएकबाल महतोको छोरा बर्ष अन्दाजि १८ को संजिब महतो रहेका छन् ।
इलाका प्रहरी कार्यालय खयरबनी र सशस्त्र प्रहरी बल BOP खयरबनी महोत्तरीबाट
खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निज पैदलयात्रीमाथी शंका लागी चेकजाँच गर्दा
उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, कर्जन्हा नगरपालिका-११ नयाँ टोल बरफ फ्याक्ट्री स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८८० मिलिग्राम, नेपाली रु.५,७४०/- सहित २ जनालाई शनिवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-०९ घर भई वडा नं.११ स्थित रामउदगार महतो को घरमा डेरा गरी बस्दै आएका बिनोद महराको छोरा अन्दाजि वर्ष २४ को अवधेश महरा र सोही स्थानमा बस्ने हेमलाल महराको छोरा अन्दाजि वर्ष ३१ को सुनिल महरा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा राम उदगार महतोको सात वटा कोठा भएको भुई तल्ले पक्कि घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।