फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०४-०१
- A
- A-
- A+
१. सर्लाही, जिल्लाका बिभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले कुटपिट कसुर मुद्बाको फरार प्रतिवादी सर्लाही हरिवन नगरपालिका-०५ धुर्कौलि बस्ने बर्ष ४३ को राजकुमार महतो र चेक अनादर मुद्दाका फरार प्रतिवादी हरिवन नगरपालिका-०६ बस्ने बर्ष ५१ को सबिता खरेललाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. धनुषा,
जिल्लाका बिभिन्न स्थानबाट अनुचित लेनदेन सम्बन्धी मुद्बाको
फरार प्रतिवादी जनकपुर उप-महानगरपालिक-१६ कपिलेश्वर बस्ने अन्दाजि वर्ष ५३
को गोपाल साह र बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी धनुषाधाम नगरपालिका-०७ बस्ने नाजिर
मंसुरको छोरा अन्दाजि बर्ष ३७ को कलामद मंसुरलाई प्रहरीले पक्राउ गरेको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।