फरार कैदी/बन्दी नियन्त्रण सम्बन्धी
२०८३-०३-३२
- A
- A-
- A+
१. पर्सा, ठोरी गाँउपालिका-०४ बाट GEN-Z को आन्दोलनको क्रममा नख्खु कारागार ललितपुरबाट फरार रहेका कैदी सोही स्थानमा बस्ने लाल बहादुर श्रेष्ठको छोरा अन्दाजि वर्ष २४ को निकेश श्रेष्ठलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ठोरी र पइरहरी चौकी बिजयबस्ती पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले चेकजाँचको क्रममा लागू औषध मुद्धाका फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।