लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-३२
- A
- A-
- A+
१.
सिरहा, सिरहा नगरपालिका-१७ स्थितबाट अवैध
लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित १ जनालाई बुधबार साँझ
प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका-०६ वस्ने तिर्थ बहादुर थापाको छोरा अन्दाजि
वर्ष ४४ को महेश कुमार थापा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय
माडर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदल यात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध
सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२.
सप्तरी, बोदेबर्साईन नगरपालिका-०७ देउरी सडक
खण्डबाट बेवारिसे अवैध लागूऔषध Onerex - १३६ बोतल बुधबार राती प्रहरीले
फेला पारेको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीबाट खटिएको प्रहरी गस्ती
टोलिले नम्बर नखुलेको मोटरसाईकललाई शंका लागि रोक्न खोज्दा मोटरसाईकलमा
सवार रहेको २ जना पुरुष मानिसले प्लाष्टिकको बोरामा रहेको सामान फाली फरार भएको र
उक्त सामान चेकचाँच
गर्दा लागूऔषध बरामद गरी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।