अवैध सामान सहित गाडीहरु नियन्त्रण सम्बन्धी
२०८३-०३-३२
- A
- A-
- A+
१. पर्सा, बिरगंज महानगरपालिका-१४ गण्डक चोक स्थित चेकपोष्टबाट अन्दाजी रु.३,१५,००,०००/- (तिन करोड पन्ध्र लाख) मुल्य बराबरको बिल बिजक भन्दा बढी खुद्रा सामानहरु, प्र.३-०३-००१ख ०१५६ नम्बरको मिनी ट्रक र प्र.१-०२-००२ ख ०८५५ नम्बरको डिब्बा गाडी मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डक पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले प्रहरीको टोलिले उक्त गाडीहरु रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित दुईवटै गाडीहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।