लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०४-०१
- A
- A-
- A+
१.
महोत्तरी, सोनमा गाउँपालिका-०५ खयरबनी
स्थितबाट अवैध लागूऔषध NITRAZEPAM
TABLET- २७ पिस, BR 06 BF 3661 र प्र२-०२-००५ प ३३३० नम्बरको मोटरसाइकलहरु सहित ५
जनालाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी औरही नगरपालिका-०६ बस्ने शंकर यादवको छोरा बर्ष अन्दाजि २० को
महेश प्रसाद यादव, सोही स्थानमा बस्ने महेश साह को छोरा बर्ष अन्दाजि १९ को नितेश
कुमार साह, सोनमा गाउँपालिका-०३ बस्ने प्रदिप सहनि को छोरा बर्ष अन्दाजि १७ को
गणेश सहनि, सोही स्थानमा बस्ने रामेश्वर सहनिको छोरा बर्ष अन्दाजि १८ को राज सहनि
र सोही स्थानमा बस्ने अशोक पटेलको छोरा बर्ष अन्दाजि १७ को शिवराज पटेल रहेका छन् ।
इलाका प्रहरी कार्यालय खयरबनि महोत्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट
नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकलहरु माथी शंका लागी चेकजाँच
गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
धनुषा, जनकपुर उप-महानगरपालिका-१९ पुल चोक
स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६२० मिलिग्राम सहित १
जनालाई बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-१० घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१९
पुल चौक बस्ने जितेन्द्र मौआरको छोरा अन्दाजि बर्ष १८ को ओम प्रकाश शर्मा रहेका छन् ।
वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी गस्ती टोलिले निज पैदल यात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध
सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।