फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०३-३२
- A
- A-
- A+
१.
बारा, कलैया उप-महानगरपालिका-२० बसतपुरबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने हरि राउत अहिरको छोरा अन्दाजि
वर्ष २२ को दिपेन्द्र प्रसाद यादवलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बसतपुर बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा वैदेशिक रोजगार
सम्बन्धी कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, नवराजपुर गाँउपालिका-०४ नवराजपुरबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने राजेन्द्र यादवको छोरा अन्दाजि
वर्ष ३५ को संजय कुमार यादव बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झाझपट्टी सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले चेकजाँच
गर्दा कुटपिट मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।