अवैध हतियार सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०४-०१
- A
- A-
- A+
१. सिरहा, सिरहा नगरपालिका-०७ हुलाकी सडक खण्डको भित्री बाटो स्थितबाट गैर कानूनी कटुवा पेस्तोल थान-१, सोही पेस्तोलको गोली थान-२ र BR07AZ4215 नम्बरको मोटरसाईकल सहित १ जना भारतिय नागरिकलाई बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मधुवनी बिहार थाना रामनगर ग्राम पंचायत पटबारा वडा नं. ०८ सहर्वा बस्ने शिवजी यादवको छोरा अन्दाजि बर्ष २६ को रोशन कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी चेकिङ टोलिले गोप्य सुचनाको आधारमा निज मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाईकलको वायाँ तर्फको ह्याण्डिलमा झुण्ड्याएको नाइलनको झोलामा रहेको आलु, प्याज र झिगुनी नामक सब्जीहरुमा लुकाई छिपाई राखेको अवस्थाबाट पेस्तोल तथा गोली फेला पारी उक्त गैर कानूनी हतियार र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।