फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०४
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट बैकिङ्ग कसुर मुद्बाको फरार
प्रतिवादी जितपुरसिमरा उप-महानगरपालिका-१५ डुमरवाना बस्ने हरी बहादुर
पौडेलको छोरा अन्दाजि बर्ष ४१ को गोबिन्द पौडेल, झुठा विवरण पेश गरि नागरिकता
बनाएको सम्बन्धी मुद्दाका फरार प्रतिबादी जितपुरसिमरा उप-महानगरपालिका-०७ बस्ने
दिनेश प्रसाद कलवारको छोरा अन्दाजि बर्ष ४० को रामु कुमार कलवार, कलैया उप-महानगरपालिका-२१
बस्ने अश्रात मिया अंसारीको छोरा अन्दाजि वर्ष २० जैनुदिन मिया अंसारी र चेक अनादर
मुद्दाको फरार प्रतिवादी करैयामाई गाउँपालिका-०४ लौतन बस्ने अन्दाजि वर्ष ४५ को
पंचन किशोर महतो कोईरी समेतलाई आईतबार
बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।
२.
महोत्तरी, बर्दिबास नगरपालिका-१४ औरही रोड
स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने हरि नारायण महतोको
छोरा अन्दाजि वर्ष २५ को रोहित कुमार महतोलाई आईतबार साँझ
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी
टोलिले चेकजाँच गर्दा डाका कसुर मुद्दाका फरार रहेका
निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
३.
सप्तरी,शम्भुनाथ नगरपालिका-०६ कठौना चौकबाट
फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-१० बस्ने अन्दाजि वर्ष
५७ को बुद्धि सरदार र सोही स्थानमा बस्ने भुलर सरदारको छोरा बर्ष अन्दाजि ५० को
किरण सरदारलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अपमान जनक तथा
अमानविय व्यवहार मुद्दाका फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।