लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०३
- A
- A-
- A+
१.
सर्लाही, कडौना गाउँपालिका-०१ सुकचैना
स्थितबाट अवैध लागूऔषध गाँजा ४१९ किलो ९३० ग्राम सहित २ जनालाई शनिबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोहि स्थानमा बस्ने बच्चेलाल
राउतको छोरा अन्दाजि वर्ष २५ को राहुल राउत र बासुदेव राउतको छोरा अन्दाजि वर्ष ४६
को महादेव राउत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको
प्रहरी चेकिङ् टोलिले लागूऔषध बिरुद्द सचेतनामुलक कार्यक्रम अन्तर्गत चेकजाँच गर्दै जाँदा
उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, गोलबजार नगरपालिका-०६ गोलबजार टोलबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम २८० मिलिग्राम सहित १
जनालाई शनिवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राम थापा मगरको छोरा अन्दाजि बर्ष
२७ को सुजन थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको
संयुक्त प्रहरी चेकिङ् टोलिले निजलाई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी
लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।