फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०७
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट जवरजस्ती करणी उद्योग
सम्बन्धी मुद्दाको
फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-०९
स्थित त्रीवेणी स्पिनिङ मिल्समा लेखापालको काम गर्ने भारतीय नागरिक अन्दाजि वर्ष ५५ को प्रताप सिंह र चेक अनादर मुद्दाको फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-०१ बस्ने अन्दाजि वर्ष ५३ को नारायण लामा समेतलाई बुधबार
प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, सुखिपुर नगरपालिका-१० कल्याणमा टोलबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने ओपेन्द्र महतोको छोरा अं.बर्ष २० को राजेश कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट शिवचोक सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जवरजस्ती करणी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।