लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०८
- A
- A-
- A+
१.
महोत्तरी, गौशाला नगरपालिका-१२ पर्ती टोल स्थितमा रहेको
बाँके खोलाको किनारबाट लागूऔषध गाँजा १० किलो ६०० ग्राम सहित BR 06 X 6444 नं.को
मोटरसाईकल
बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कान्तिबजार महोत्तरीबाट
खटिएको प्रहरी चेकिङ् टोलिले बिशेष सुचनाको आधारमा उक्त मोटरसाईकललाई रोक्न खोज्दा
मोटरसाईकल चालक मोटरसाईकल छोडी फरार भएकोले चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त
लागूऔषध फेला पारी लागूऔषध सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । फरार भएको
मोटरसाईकल चालकको खोजतलास तथा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, लहान नगरपालिका-०३ हस्पिटल चोक
स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर
जस्तो देखिने पदार्थ २४० ग्राम , स १ प ८०५
नं. को निलो Apache र
स ३ प ८१८५ नम्बरको Unicorn मोटरसाईकल,
मोबाईल थान -७ सहित ६ जनालाई
बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश
भारत बिहार राज्य जिल्ला
मधुबनी थाना लदनिया योगिया बस्ने अन्दाजि बर्ष २४ को विद्यानन्द यादव, जिल्ला
सप्तरी रुपनी गाउँपालिका-०१
रुपनी बजार बस्ने अन्दाजि बर्ष ४२ को मो. नसिर, जिल्ला सप्तरी
बोदेबरसाईन नगरपालिका-०२ नेगडा टोल बस्ने बर्ष
२८ को शम्भु प्रसाद यादव, सोही स्थानमा बस्ने बस्ने बर्ष २५ बैधनाथ यादव, जिल्ला सप्तरी
डाक्नेश्वरी नगरपालिका-०२ हरिराहा टोल बस्ने
बर्ष २८ को मो.जमाहिर आलम र सोही स्थानमा बस्ने बर्ष ३२ को मो. ईमामुदिन रहेका छन् । लागूऔषध
कारोबार भइरहेको छ
भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय
कोटेश्वर, काठमाण्डौंबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले २ वटा मोटरसाईकलमा शंकास्पद
अवस्थामा आएका उक्त ६ जना व्यक्तिहरुलाई रोकी चेकजाँच गर्ने क्रममा निज मानिसहरू
भागी प्रतिकार गर्न खोज्दा प्रहरी टोली तर्फबाट ७ (सात) राउण्ड गोली फायर हुँदा ६
जना मध्ये मो. नसिरको बाँया खुट्टा र विद्यानन्द यादवको दाहिने खुट्टाको घुडा मुनि
गोली लागि घाइते हुँदा प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध
फेला पारी लागूऔषध, मोटरसाईकल र मोबाईलहरु सहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-०९ भैरही स्थित दशगजा क्षेत्रबाट लागूऔषध गाँजा ७ किलोग्राम सहित को ३ प ६६८६ नम्बरको सुपर स्पेलण्डर मोटरसाईकल बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल सुरक्षा गुल्म मातहत FOB कटैयाबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलिले नेपालबाट भारत तर्फ जाँदै गरेको उक्त मोटरसाईकललाई रोक्न खोज्दा मोटरसाईकल चालक मोटरसाईकल छाडी फरार भएकोले चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पातो सप्तरीमा ल्याई बुझाएको हो । फरार भएको मोटरसाईकल चालकको खोजतलास तथा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।