लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०९
- A
- A-
- A+
१.
सर्लाही, बरहथवा
नगरपालिका-११ हिरापुरबाट अवैध लागूऔषध गाँजा २२५ ग्राम सहित १ जनालाई शुक्रबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने आनन्दी महत्तोको छोरा अन्दाजि वर्ष ५० को रामसेवावर महत्तो
रहेका छन् । लागूऔषध गाँजा बिक्रि बितरण भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा
इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीबाट खटिएको
संयुक्त प्रहरी टोलीले निजको घरमा रीतपुर्वक खानतलासी गर्दा उक्त लागूऔषध फेला
पारी लागूऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
धनुषा, मिथिला
नगरपालिका-०६ बसी खोला छेउ नजिकै रहेको लक्ष्मिनिवास जाने भित्री सडकखण्डबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९५ ग्राम ५९० मिलिग्राम सहित २
जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत हर्लाखि थाना वडा नं.०५ बस्ने अन्दाजि बर्ष २६ को सन्तोष कुमार
महत्तो र देश भारत बासोपट्टी थाना वडा नं.०२ अन्दाजि बर्ष ४५ को मिथलेस साहु रहेका
छन् । लागूऔषधको कारोबार हुदैँ छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी
कार्यालय ढल्केवर धनुषा र लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बर्दिबास महोत्तरीबाट
खटिएको संयुक्त प्रहरी टोलीले पैदल आउदै गरेको
शंकास्पद निजहरुले प्रहरी टोलीलाई देखी भाग्ने क्रममा प्रहरीद्वारा पेस्तोल बाट १ राउण्ड हवाई फायर गरी निजहरुलाई नियन्त्रणमा लिई
रीतपुर्वक खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सप्तरी, सुरुङ्गा
नगरपालिका-०२ स्थित कदमाहा गाईघाट सडकखण्डबाट
अवैध लागूऔषध OPIDOL-८५ क्याप्सुल, SPASMO-७५ ट्याब्लेट र DECOLIC-१० ट्याब्लेट सहित १ जनालाई
शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका-०९ रातमाटे बस्ने काजी भुजेलको छोरा अन्दाजि
बर्ष १९ को अशोक भन्ने ताराचन्द्र भुजेल रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडीया सप्तरीबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ जाँदै गरेको भाडावाल सवारी Winger मा सवार निज माथी शंका लागी नियन्त्रणमा लिई रीतपुर्वक
खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो
। यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।