लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०८
- A
- A-
- A+
मधेश प्रदेश प्रहरी कार्यालयले लागूऔषध बरामद, कारोबारी पक्राउ तथा सेवनकर्तालाई पक्राउ तथा निरुत्साहन गर्ने निति अनुसार सबै जिल्ला तथा मातहतका कार्यालयहरुको प्रभावकारी परिचालन गरिएको छ । यसै क्रममा मिति २०८३ साउन ०२ गतेदेखी ०८ गतेसम्ममा २९ जना मानिस लागूऔषध कारोबारी र सेवनकर्ता पक्राउ गरि थप अनुसन्धान भइरहेको छ । यसै गरि अवैध लागूऔषध गाँजा ४४६१.३२९ किलोग्राम, ब्राउन सुगर जस्तो देखिने पदार्थ २७९ ग्राम ६६० मिलिग्राम, अन्य लागूऔषध जन्या ट्याब्लेट एवं इन्जेक्शन ९४३ पिस तथा १० ओटा सवारी साधन समेत बरामद गरि थप अनुसन्धान भइरहेको छ ।