फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०८
- A
- A-
- A+
मधेश प्रदेश प्रहरी कार्यालयले मुद्दा दर्ता भई तथा सम्मानित अदालतबाट फैसला पश्चात फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराउने तथा अदालतबाट तोकिएको जरिवाना राज्यकोषमा जम्मा गराउने नीति अनुरूप मातहतका सबै जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुको प्रभावकारी गर्दै आएको छ । यसै क्रममा मिति २०८३ साउन ०२ गतेदेखी ०८ गतेसम्ममा बिभिन्न मुद्दाका ११३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित सम्मानित अदालतमा पेश गर्ने तथा फैसला कार्यान्वयन सम्बन्धी प्रक्रिया अगाडि बढाइएको छ ।