लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-१०
- A
- A-
- A+
१.
पर्सा, छिपहरमाई गाँउपालिका-०१ मिर्जापुर
स्थितबाट बेवारिसे अवैध लागूऔषध गाँजा १४०
किलोग्राम शनिबार राती प्रहरीले फेला पारेको छ । बिशेष सुचनाको आधारमा
इलाका प्रहरी कार्यालय पोखरिया पर्सा, सशस्त्र प्रहरी BOP मिर्जापुर
र प्रहरी चौकी मिर्जापुर पर्साबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले बगैचामा बेवारिसे अवस्थामा राखिएको १३
पोकामा उक्त लागूऔषध गाँजा फेला पारी रितपूर्वक बरामद गरी
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, बलरा
नगरपालिका-०७ डुमरिया स्थित भोला सिंहको कुखुरा फर्ममाबाट अवैध लागूऔषध
गाँजा ३२० किलोग्राम, अदुवा १३०० किलोग्राम, बा.प्र.०१-०२६ च २८८६ नं.को योद्धा
पिकअप, BR06BY 1761 नम्बर र ४७ प २५२८ नम्बरको मोटरसाईकल
सहित १ जनालाई शनिबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बस्ने सुरेन्द्र राउतको छोरा बर्ष २८
को अमरजित राउत रहेका छन् । लागूऔषध अनलोड भईरहेको छ
भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गडहिया र प्रहरी चौकी
मधुवनीगाउँ सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त फर्ममा गई हेर्दा
प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा १९ बोरा र २६ बोरा अदुवा
फेला पारी लागूऔषध गाँजा,अदुवा, पिकअप र मोटरसाइकलहरु सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, धनगढिमाई
गाउँपालिका-१० जिरोमाईल स्थित केसी श्री
ट्रेडर्स पेट्रोल पम्प अगाडीबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ६७ मिलिग्राम र बा.प्र.०२-०२५ प ५९४४ नम्बरको मोटरसाईकल सहित १ जनालाई
शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका-०८ आमचोक
बस्ने मजिबुल मियाको छोरा अन्दाजि बर्ष २५ को सरोज मिया रहेका
छन् । लागूऔषधको कारोबार गर्नको लागी मानिस मोटरसाइकलमा काठमाण्डौं जाँदै छ भन्ने
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी सितापुर सिरहाबाट
खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलीले सुखिपुरदेखी काठमाण्डौं तर्फ जाँदै गरेको उक्त मोटरसाईकल
रोकी कानुन बमोजिम खानतलासी गर्दा उक्त
लागूऔषध फेला पारी लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।