प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।

२०८३-०४-११

  • A
  • A-
  • A+
Share

सर्लाही, मलंगवा नगरपालिका-०८ स्थित दशगजा क्षेत्रबाट स्रोत नखुलेको नेपाली रु. ७,५७,०००/- (सात लाख सन्ताउन्न हजार), BR 30 AB 5848 नं. को मोटरसाईकल सहित १ जनालाई आईतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाही कडौना गाउँपालिका-०४ बस्ने मोतिपुर बस्ने अन्दाजि बर्ष ३८ को मुकेश कुमार यादव रहेका छन् । विशेश सूचनाको आधारमा सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म मलंगवा सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त  मोटरसाईकल चेकजाँच गर्दा ने.रु. १,०००/- को नोट ५७५ थान, ने.रु. ५००/- को नोट ३४४ थान, ने.रु. १००/- को नोट ४४ र ने.रु. ५०/- को नोट ११२ थान फेला पारी उक्त रकम सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-११

१.      पर्सा,  बिरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थित रहेको जय नेपाल होटलको कोठा न.११८ बाट अवैध लागूऔषध NITCOR-10-२०० पिस र ONEREX-२ बोतल, नेपाली रु. २५,०००/- सहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला चितवन रत्ननगर नगरपालिका-०६ टाँडी चोक वस्ने अन्दाजि वर्ष ५२ उत्तम कुमार पाठक र पर्सा बिरगंज महानगरपालिका-०२ छपकैया टोल वस्ने मोहमद आलमको छोरा अन्दाजि वर्ष ३५ को ओसिम ठकुराई रहेका छन् । उक्त होटलमा लागूऔषध बिक्री बितरण भइरहेको छ भनी बिशेष सुचनाको आधारमा प्रहरी चौकी ईनर्वा पर्सा र लागूऔषध नियन्त्रण व्युरो कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध र नगद सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-१०

१.      पर्सा, छिपहरमाई गाँउपालिका-०१ मिर्जापुर स्थितबाट बेवारिसे अवैध लागूऔषध गाँजा १४०  किलोग्राम शनिबार राती प्रहरीले फेला पारेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया पर्सा, सशस्त्र प्रहरी BOP मिर्जापुर र प्रहरी चौकी मिर्जापुर पर्साबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले बगैचामा बेवारिसे अवस्थामा राखिएको १३ पोकामा उक्त लागूऔषध गाँजा फेला पारी रितपूर्वक बरामद गरी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, बलरा नगरपालिका-०७ डुमरिया स्थित भोला सिंहको कुखुरा फर्ममाबाट अवैध लागूऔषध गाँजा ३२० किलोग्राम, अदुवा १३०० किलोग्राम, बा.प्र.०१-०२६ च २८८६ नं.को योद्धा पिकअप, BR06BY 1761 नम्बर र ४७ प २५२८ नम्बरको मोटरसाईकल सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बस्ने सुरेन्द्र राउतको छोरा बर्ष २८ को अमरजित राउत रहेका छन् । लागूऔषध अनलोड भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गडहिया र प्रहरी चौकी मधुवनीगाउँ सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त फर्ममा गई हेर्दा प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा १९ बोरा र २६ बोरा अदुवा फेला पारी लागूऔषध गाँजा,अदुवा, पिकअप र मोटरसाइकलहरु सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सिरहा, धनगढिमाई गाउँपालिका-१० जिरोमाईल स्थित केसी श्री ट्रेडर्स पेट्रोल पम्प अगाडीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ६७ मिलिग्राम र  बा.प्र.०२-०२५ प ५९४४ नम्बरको मोटरसाईकल सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका-०८ आमचोक बस्ने मजिबुल मियाको छोरा अन्दाजि बर्ष २५ को सरोज मिया रहेका छन् । लागूऔषधको कारोबार गर्नको लागी मानिस मोटरसाइकलमा काठमाण्डौं जाँदै छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलीले सुखिपुरदेखी काठमाण्डौं तर्फ जाँदै गरेको उक्त मोटरसाईकल रोकी कानुन बमोजिम खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-०९

१.      सर्लाही, बरहथवा नगरपालिका-११ हिरापुरबाट अवैध लागूऔषध गाँजा २२५ ग्राम सहित १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने आनन्दी महत्तोको छोरा अन्दाजि वर्ष ५० को रामसेवावर महत्तो रहेका छन् । लागूऔषध गाँजा बिक्रि बितरण भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले निजको घरमा रीतपुर्वक खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      धनुषा, मिथिला नगरपालिका-०६ बसी खोला छेउ नजिकै रहेको लक्ष्मिनिवास जाने भित्री सडकखण्डबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९५ ग्राम ५९० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत हर्लाखि थाना वडा नं.०५ बस्ने अन्दाजि बर्ष २६ को सन्तोष कुमार महत्तो र देश भारत बासोपट्टी थाना वडा नं.०२ अन्दाजि बर्ष ४५ को मिथलेस साहु रहेका छन् । लागूऔषधको कारोबार हुदैँ छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर धनुषा र लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पैदल आउदै गरेको शंकास्पद निजहरुले प्रहरी टोलीलाई देखी भाग्ने क्रममा प्रहरीद्वारा पेस्तोल बाट १ राउण्ड हवाई फायर गरी निजहरुलाई नियन्त्रणमा लिई रीतपुर्वक खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सप्तरी, सुरुङ्गा नगरपालिका-०२ स्थित कदमाहा गाईघाट सडकखण्डबाट अवैध लागूऔषध OPIDOL-८५ क्याप्सुल, SPASMO-७५ ट्याब्लेट र DECOLIC-१० ट्याब्लेट सहित १ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका-०९ रातमाटे बस्ने काजी भुजेलको छोरा अन्दाजि बर्ष १९ को अशोक भन्ने ताराचन्द्र भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय भेडीया सप्तरीबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ जाँदै गरेको भाडावाल सवारी Winger मा सवार निज माथी शंका लागी नियन्त्रणमा लिई रीतपुर्वक खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०९

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट चेक अनादर विगो मुद्बाको फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-२० बस्ने भगत मालीको श्रीमती अन्दाजि बर्ष २६ की निमा भगत, अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी कलैया उप- महानगरपालिका-०१ वस्ने अन्दाजि वर्ष ४६ को पाँचु साह कानु र अन्दाजि बर्ष ३० को सुशिल साह कलवार र ज्यान मार्ने उद्यौक मुद्दाको फरार प्रतिवादी कलैया उप- महानगरपालिका-२६ महेशपुर बस्ने अन्दाजि बर्ष ४७ को हस्मुदिन असारी समेतलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा जिल्लाका बिभिन्न स्थानबाट ठगी मुद्बाको फरार प्रतिवादी सप्तरी राजबिराज नगरपालिका-१० बस्ने कमल नारायण मण्डलको छोरा अन्दाजि बर्ष ४५ को सन्तोष कुमार मण्डललाई धनुषा मिथिला नगरपालिका०५ स्थितबाट पक्राउ, अंगभंग सम्बन्धी मुद्दाको फरार प्रतिवादी पचरौता धनुषा सखुवा महेन्द्रनगर नगरपालिका-०१ बस्ने कमाल हुसैन भन्ने कमाल उदिन कोसेरी समेतलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०८

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट बाहु विवाह सम्बन्धी मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-१६ बस्ने अन्दाजि बर्ष ३० को अकलेश कुमार यादव, अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी पचरौता नगरपालिका-०३ भट्टिबैरीया वस्ने सुरुज दास तत्माको छोरा अन्दाजि वर्ष ६० को रामआधार दास तत्मा र निजको छोरा अन्दाजि वर्ष २६ को रामदरेश दास तत्मा र ठगी कसुर मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-१५ बस्ने अन्दाजि वर्ष ३० को कादीर हुसेन मंसुर समेतलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका-०७ चोहर्वा चौकबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने शुबलाल मोचिको छोरा अं. बर्ष ४८ को बेचन मोचि रामलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन बिगो मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।