प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध रुपमा भित्रीएको भारतीय मोटरसाइकलहरू पक्राउ

२०७८-०६-१४

  • A
  • A-
  • A+
Share

पर्सा, २०७८ असोज १४ गते । विभिन्न मितिमा कागजपत्र नभएका BR05AB8561 (Apache), BR05AE6893( Pulsor) र BR05AG8681 (स्कुटी) नम्बरका ३ वटा भारतीय मोटरसाइकलहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा रहेको मोटरसाईक नियन्त्रणमा लिएकोमा उक्त मोटरसाईकलहरूलाई आवश्यक कारवाहीको लागि मिति २०७८।०६।१३ गते रू. २,४०,०००।– (दुई लाख चालीस हजार) मूल्याङ्कन गरी वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको ।

सम्बन्धित समाचार
श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-११-२७

धनुषा, जनकपुर उप-महानगरपालिका २ कदम चोक स्थितबाट श्रोत नखुलेको रकम रु. ९,६८,१२०/- सहित जिल्ला महोतरी एकडारा गाउँपालिका कोल्हुवा टोल बस्ने बर्ष २४ को सुरज मण्डल, निजको दाई बर्ष २७ को दिपक कुमार मण्डल, जिल्ला सर्लाही ब्रहमपुरी टोल बस्ने बर्ष १८ को अरुण कुमार साह र जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १२ कुवारामपुर बस्ने बर्ष ३३ को गोविन्द कुमार खत्बेलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा म.प्र.०२-००७ प ८०७७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइल चालक शिवम कुमार साहलाई श्रोत नखुलेको उक्त रकम सहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त रकम जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १० देवीचोकमा डेरा गरी बस्ने उल्लेखित मानिसहरुको हो भनी खुल्न आएकोले उक्त स्थानमा पुगी खानतलासी गर्दा मोबाईल थान ५, विभिन्न बैंकहरुको नगद जम्मा गरेको बैंक भौचर १५० थान, चेकबुक, पासपोर्ट थान ३ समेत श्रोत नखुलेको ८०,१२० गरी जम्मा नगद रु.९,६८,१२०/- सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नेपाली रुपैयाँ सहित मानिसहरु पक्राउ
२०८१-११-२७

सर्लाही, मलंगवा नगरपालिका ८ गोरखकाली स्थितबाट नक्कली नेपाली रकम रु. १,७६,०००/- सहित जिल्ला महोत्तरी सोनमा गाउँपालिका ५ सुन्दरपुर बस्ने बर्ष ४२ को सुल्तान मंसुर, जिल्ला रौतहट गढीमाई नगरपालिका ९ चिनमिलिया टोल बस्ने वर्ष ५६ को राम नारायण सहनी, जिल्ला सर्लाही धनकौल नगरपालिका ७ बैरिया बस्ने वर्ष ४८ को दुलार सहनी, जिल्ला सर्लाही ब्रहमपुरी नगरपालिका २ बस्ने वर्ष ५० को रामपृत सहनी र जिल्ला सर्लाही ब्रहमहपुरी गाउँपालिका २ बस्ने वर्ष ३५ को सिहानता कुमारी देवीलाई  सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 30 C 4766 नम्बरको मोटरसाईकलमा सवार रहेको खुर्सैद शेख र राम नारायण सहनीले बोकी राखेको काटुन भित्र नेपाली नक्कली रु.१०००/- (एक हजार) दरको तल माथि १/१ वटा नोट राखी बिचमा सादा सेतो पेपर राखि बनाएको बण्डल- ८८ थानमा नक्कली नेपाली रुपैयाँ जम्मा १७६ थान फेला परेको तथा उक्त खोटा मुद्राको वारदातमा ५ जना संलग्न रहेको खुलेको हुँदा निजहरु चढी आएको बा ४७ प ८७५७ र BR 30 AL 3949 नम्बरको मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित २ जना मानिस नियन्त्रणमा
२०८१-११-२७

सर्लाही, ईश्वरपुर नगरपालिका ९ खोरीया टोल स्थितबाट लागू औषध Diclofenac Sodium, Dicyclomine, Hydrochloride Capsules  ३० पत्ता (‍प्रत्येक पत्तामा २४ क्यापसुल) जम्मा ७२० क्यापसुल र Hydrochloride Syrup २ बोतल (१०० ml) सहित चक्रघाट्टा गाउँपालिका ६ बस्ने बर्ष २५ को पप्पु साह र बर्ष २८ को राम दियाल महरालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकिंङ गर्ने क्रममा ब्रहम्पुरीबाट बयलबास तर्फ आउँदै गरेको बा ९२ प ४८५ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाणको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध चरेश जस्तो देखिने बस्तु सहित मानिस नियन्त्रणमा
२०८१-११-२५

पर्सा, बिरगंज महानगरपालिका १५ ब्रहमचोक स्थितबाट लागू औषध चरेस जस्तो देखिने बस्तु ६.५९० किलो ग्राम सहित जिल्ला बारा कलैया उप-महानगरपालिका २ भवानीपुर बस्ने बर्ष २३ को लडु राम, जिल्ला पर्सा बिन्दवास्नी गाउँपालिका ३ बस्ने बर्ष ३५ को सरोज साह र बिरगंज महानगरपालिका ११ बस्ने बर्ष २३ को रवी चौधरीलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । ब्रहमचोक स्थित अमिरका पाण्डेको पसलबाट मोबाईल चोरी गरी भागेको भने खबर प्राप्त हुना साथ प्रहरी चौकी भिष्वागाउँबाट खटिएको प्रहरी टोलीले उक्त मोबाईल चोरहरुलाई खोजतलास गर्ने क्रममा बिरगंज महानगरपालिका १५ ब्रहमचोकमा अवस्थित प्रेम श्रेष्ठको घरमा डेरा गरी बस्दै गरेका निजहरुको कोठाबाट उक्त परिमाण बराबरको लागू औषध र चोरी गरेको मोबाईल थान-२ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।