पिकअप र सामान सहित चालक नियन्त्रणमा
२०८०-०६-०१
- A
- A-
- A+
बारा, मिति
२०८०/०५/३१ गते अ.२२:४५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.२१ स्थित ई.प्र.का.
अम्लेखगंज अगाडी ई.प्र.का. अम्लेखगंजबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ
टोलीले बिरगंजबाट काठमाण्डौँ तर्फ जाँदै गरेको प्र-२-०३००१.च.४८४१ न.को योद्धा पिकअप
गाडिमा लैजाँदै गरेको बिजुलीको वायरिङ गर्ने तारको भ्याट बिल नभएको र अनलाईन बिलमा
ललितपुरबाट पोखरा जानु पर्ने ठेगाना भएकोले उक्त बिजुलीको तार अ.मु. रू.९,२२,२४०/-
(नौँ लाख बाईस हजार दुई सय चालिस) बराबरको तार, पिकअप र पिकअप चालक जि.बारा कलैया
उ.म.न.पा.१८ बस्ने अ.वर्ष २० को आकाश मण्डल सहितलाई नियन्त्रणमा लिई ई.प्र.का.
अम्लेखगंजमा राखिएको ।