अवैध भन्सारी छलीका समान पक्राउ
२०८०-०६-०१
- A
- A-
- A+
सिरहा, मिति
२०८०।०५।३१ गते अं.१६:०० बजेको समयमा जि.सिरहा नवराजपुर गा.पा.५ कुसण्डी स्थितमा प्रदेश
२-०१-००३ प ९८७७ नं.मो.सा.मा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउँदै गरेको
निम्न सामानहरु ई.प्र.का. झाझपट्टी सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती
टोलीलाई देख्ना साथ मो.सा. र समान छाडी मानिस फरार भएको उक्त मो.सा.र समान
नियन्त्रणमा लिई ई.प्र.का. झाझपट्टीमा ल्याई
आवश्यक कार्बाहीको लागी ठाढी भन्सार
पठाइएको ।
निम्न समानहरु ;-
१. प्रदेश २-०१-००३ प
९८७७ नं.को १६० सि.सि.को अपाचे मो.सा.को अं.मु.रु.२,००,०००/-
२.सल ३८ पिस २०० को
दरले अं.मु.रु.७६००/-
३.साडी २२ पिस ४०० को
दरले अं.मु.रु.८८००/-
४.कबिर खैनी १ बोरा
अं.मु.रु.४५००/-
जम्मा
अं.मु.रु.२,२०,९००/- बराबरको समान पक्राउ गरेको ।